बारा, पर्सा र मकवानपुरमा आठ पक्की पुल निर्माण

हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७७/०७८ मा बारा, पर्सा र मकवानपुर जिल्लामा आठ पक्की पुल निर्माण गरेको छ ।
ती जिल्लाको सवारी वारपार गर्न समस्या भएका स्थानमा पुल निमार्ण गरेर सञ्चालनमा ल्याएको कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए । साथै संघीय सरकारअन्तर्गत रहेको उक्त कार्यालयले गत आवमा नै ३२.३६ किलोमिटर सडक कालोपत्र गरेको छ ।
त्यस्तै १९.१० किमी सडक ग्राभेलसमेत गरेको छ । साथै ती जिल्लामा कूल ३७.३५ किमी सडक मर्मत गरेको छ ।
राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत २०.६५ किलोमिटर र रणनीतिक सडक मर्मतसम्भार सडक बोर्डअन्तर्गत १६.७० किलोमिटर सडक मर्मत गरिएको कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायले जानकारी दिए ।
कार्यालयको गत आव २०७७/०७८ मा संशोधित बजेट एक अर्ब ७० करोड रहेकामा एक अर्ब १६ करोड ती पूर्वाधार विकास निर्माणमा खर्च भएको उनले बताए ।
यसैबीच हेटौंडा उपमहानगरपालिका–६ स्थित शान्तिटोलमा १७ लाख लागतमा शान्तिटोल विकास संस्थाका लागि भवन निर्माण गरिएको छ । उपमहानगरपालिको सात लाख र विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा सो भवन निर्माण भएको संस्थाका अध्यक्ष केशव धितालले जानकारी दिए ।











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया