प्रधानसेनापति थापा घर बिदामा, कायममुकायमको जिम्मेवारी शर्मालाई
मेरोन्यूज
२०७८ साउन २६ गते ९:४१

काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट घर बिदामा बसेका छन् । थापाको तीन वर्षे कार्यकाल आउँदो भदौ २४ गते सकिँदै छ, त्यसको एक महिनाअघि उनी घर बिदामा बस्न लागेका हुन् ।
प्रधानसेनापति थापाले सोमबार कायममुकायम प्रधानसेनापति तथा बलाधिकृत रथी प्रभुराम शर्मालाई कार्यभार हस्तान्तरण गरिसकेका छन् ।
सैनिक मुख्यालय जंगी अड्डामा सोमबार आयोजित कार्यक्रममा थापाले शर्मालाई आफ्नो जिम्मेवारीको अख्तियारी प्रदान गरेका थिए ।
उनले भदौ २४ गते प्रधानसेनापतिको पूर्ण जिम्मेवारी शर्मालाई बुझाउने छन् । शर्मा नेपालको ४४ औं प्रधानसेनापति हुने छन् ।
यसअघि यही साउन १७ गते बसेको मनित्रपरिषद बैठकले शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया