चीनमा डुंगा दुर्घटना हुँदा ८ जनाको मृत्यु, १३ घाइते
मेरोन्यूज
२०७८ साउन २६ गते १६:०२
काठमाडौं । दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
साथै १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङामा ६१ जना सवार रहेका थिए ।
समुद्रमा माछा मारेर फर्कने क्रममा उक्त डुङुर्घटनाग्रस्त भएको थियो । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
ज्यान जोगाउन समुद्रमा हाम फालेका अन्य व्यक्तिलाई सकुशल उद्धार गरिएको थियो । डुङ्गामै सवार डुङा मालिकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । उक्त दुर्घटनाका बारेमा स्थानीय प्रशासनले छानबिन शुरु गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया