शनिबार, माघ १२, २०८१

विधुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले लिए पत्र

मेरोन्यूज २०७८ साउन २७ गते १३:१७


काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सरकारले मंगलबार उनलाई प्राधिकरणको कार्यकारी निर्देशक (सिइओ) नियुक्त गरेको हो ।

Advertisement

उनलाई आज सरकारले नियुक्ति पत्र दिइको हो । केहीबेर अगाडि मात्रै सिंहदरबारस्थित उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयकी मन्त्री भुसालले घिसिङलाई नियुक्ति पत्र दिएकी हुन् ।

प्राधिकरणमा कार्यकारी निर्देशक रहेका देव शाक्यलाई भने सरकारले मन्त्रालय तानेर जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरेको छ ।

प्रतिक्रिया