एसिड बेच्नेलाई सफाइ दिएको फैसलाविरुद्ध पुनरावेदन गरिने

धनुषा । जनकपुरकी आरती साहलाई श्रीमान्ले एसिड प्रहार गरेको घटनामा एसिड बिक्रेतालाई सफाइ दिएको धनुषा जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकीलको कार्यालयले पुनरावेदन गर्ने भएको छ ।
सोमबार जिल्ला अदालत धनुषाले आफ्नी श्रीमती आरतीमाथि एसिड प्रहार गर्ने जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहलाई दोषी ठहर गरे पनि बिना लाइसेन्स एसिड बेच्ने बिक्रेता नागेन्द्र साहलाई सफाइ दिने फैसला सुनाएको छ । मुख्य जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जिल्ला अदालतको यस फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गरिने बताए । उनले सफाइ पाएकाको हकमा फैसला तयार भएर आएलगत्तै पुनरावेदन गरिने जनाए ।
मुख्य न्यायाधिवक्ता अर्यालले भने, “अहिलेको कसुर निर्धारण तथा सजाय ऐन २०७४ का अनुसार तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा पहिला कसुर ठहर गर्नुपर्छ । त्यसपछि सजाय निर्धारण गर्नुपर्ने भएकाले यो फैसला आएको हो ।” उनले दोषी ठहर भएकाको हकमा आफूहरूको दाबी १५ वर्ष छ महिना कैद नै हुनुपर्छ भन्ने रहेको जानकारी दिए ।
यता एसिड बेच्नेलाई सफाइ दिएको फैसलाप्रति आपत्ति जनाउन अदालत पुगेकी आरतीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ । गत कात्तिक २९ गते दीपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले श्रीमती आरती र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।

















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया