लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदलबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर उनले राजीनामा दिएका हुन ।
पोखरेल विरुद्ध विपक्षी गठवन्धन कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
त्यसपछि विपक्षी गठवन्धनकै नेताहरले प्रदेश प्रमुख अमिक शेरचनकाहा पुगी विशेष अधिवेशन बोलाउन समावेदन पत्र पनि दर्ता गराएका थिए । सोही आधारमा प्रदेश प्रमुख शेरचनले आजै दिउँसो १ वजेको लागि प्रदेश सभाको विशेष अधिवेशन आह्रवान गरिदिएका थिए ।
विशेष अधिवेशन रोक्न माग गदै एमाले तर्फका प्रदेश सदस्य लिला गिरीले सर्वाेच्चमा रिट समेत दर्ता गराएका थिए । तर रिटमा मंगलवार हेर्न नभ्याईएको सूचिमा परेको थियो भने आज पनि इजालसको आठौं नम्वरमा छ ।
जसकाकारण निर्धारित मितिमै प्रदेश सभाको विशेष अधिवेशन हुने देखिएपछि मुख्यमन्त्री पोखरेलले केही समय अगाडी मात्रै मुख्यमन्त्री पदवाट प्रदेश प्रमुखलाई राजीनामा वुझाएका हुन् ।
प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, मामाओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।
संसदमा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पेश हुदा उनले विश्वासको मत पाउने अवस्था थिएन । त्यही देखेपछि उनले राजीनामा दिएका हुन् ।
संसदमा अविश्वास प्रस्ताव फेस गर्ने या राजीनामा दिएर जाने भन्ने विषयमा विहान वसेको मन्त्रिपरिषद्को बैठक र एमाले प्रदेश सभा दलको वैठकले समेत मुख्यमन्त्री पोखरेललाई नै अधिकार दिएको थियो । तर मुख्यमन्त्रीले अन्तिम समयमा राजीनामा दिने निर्णय लिएपछि राजीनामा वुझाएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।
पोखरेल मुख्यमन्त्रीमा २०७४ फागुन ३ गते नियुक्त भएका थिए । तत्कालीन प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
त्यसवेला पोखरेललाई माओवादी केन्द्रको साथ र समर्थन थियो ।
तर पछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएर अविश्वास प्रस्ताव दर्ता गरेपछि पोखरेलले १९ वैशाख २०७८ मा पनि राजीनामा दिएका थिए ।
त्यसपछि उनले संविधानको धारा १६८ (१) अनुसार आफनो दलको मात्र एकल वहुमत रहेको दावी सहित मुख्यमन्त्रीमा दावी गरेका थिए । उनको दावीलाई तत्कालिन प्रदेश प्रमुखले स्वीकार गरी एउटै दलको वहुमतको सरकारका रुपमा पोखरेललाई पून नियुीक्त दिएका थिए ।
त्यसयता पनि उनी अल्पमतमा रहेको र अल्पमतमा रहदा रहदै पनि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेको भन्दै विपक्षी गठवन्धनले असन्तुष्टि जनाईरहेको थियो ।
अहिले अविश्वास प्रस्ताव नै फेस गर्नुपर्ने अवस्था आएपछि उनले राजीनामा दिएका हुन् ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया