झिनो अंकलले बढ्यो नेप्से

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको चौथो दिन बुधबार शुन्य दशमलब ९४ अंकले उकालो लागको छ ।
यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ३ प्रतिशतले वृद्धि भई ३ हजार १ सय ६२ दशमलब ५९ बिन्दुमा पुगको हो । यसबाट नेप्से ३ हजार २ सय अंकमा नपुगि फर्किएको देखिन्छ । केही दिन सुस्त अवस्थामा रहेको नेप्से सूचक मंगलबार एकाएक चमक आएको थियो ।
मंगलबार खासगरी, वित्त कम्पनी र विकास बैंकहरुमा उछाल देखियो र त्यसको प्रभाव समग्र बजारमा पर्यो । यद्यपी बुधबार त्यही उत्साह कायम गर्न सकेन । यसबाट आगामी कारोबारदेखि नेप्से ओरालो लाग्ने संकेत देखिएको छ ।
कारोबार भएका कूल २ सय ३० कम्पनीका १ लाख ३९ हजार २ सय १८ कारोबारबाट १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँ बराबरका २ करोड ७२ लाख ९८ हजार ६ सय २४ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया