शनिबार, माघ १२, २०८१

एमाले लुम्बिनीको रिट संवैधानिक इजलासमा पठाउन सर्वोच्चको आदेश

मेरोन्यूज २०७८ साउन २७ गते १७:१०

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले लुम्बिनी प्रदेशसको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ । बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले गम्भरी बहस गर्नुपर्ने भएकाले संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

Advertisement

एमाले सांसद लिला गिरीले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

यस्तै सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । रिट निवेदक गिरी र लुम्बिनी प्रदखेश सभा सचिवालयलाई पनध्र दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ ।

प्रतिक्रिया