आजको राशिफलः यी राशि भएका व्यक्तिको दिन उत्तम हुनेछ

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको २८ गते बिहीबार, श्रावण शुक्लपक्षको चतुर्थी तिथि । अब लागौं आजको राशिफलतर्फ
मेष
मनमा चिन्ता, भय र अन्योलताले सताउने छ । जसले गर्दा निर्णय क्षमतामा कमि आउन जाने छ । साझेदारीमा गरिएका कार्यहरुबाट भने केही लाभ प्राप्त हुने छ । पेशागत जीवनमा औसत रहने छ ।
वृष
समय संयमित रहेर मात्र अघि बढ्नु पर्ने प्रकारको छ । मनमा सुखको अभाव हुन जाँदा निराशाले घेर्ने छ । रिस छिटो उठ्ने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु होला । पेशागत जीवनका आँकलन नै नगरिएका समस्याहरु देखा पर्न जाने छ ।
मिथुन
मनमा उत्पन्न हुने तिब्र दुविधाले गर्दा निर्णय क्षमतामा कमि ल्याउने छ । बाहिरबाट हेर्दा भने बोल्ड ब्यक्तित्व हुने भएता पनि आफै भित्र भने मनमा खिन्नता उत्पन्न गराउने छ । पेशागत जीवनमा भने सकारात्मक संकेतहरु देखा पर्ने छन् ।
कर्कट
समय सकारात्मक रहेको छ । भित्रि बृद्धि सक्रिय हुने भएकाले कार्य सम्पन्नतामा ठुलो मद्धत पुग्ने छ । साझेदारीमा गरिएका कार्यहरुबाट प्रतिफल प्राप्त हुने छ । पेशागत जीवनबाट लाभ प्राप्त हुने छ । व्यापार–व्यवसायमा रहेकाहरुको हकमा पनि सकारात्मक समय रहेको छ ।
सिंह
औसतमा समय सकारात्मक रहेको छ । भाग्य बलियो भएकाले आँटेका कामहरु पुरा हुने तर्फ जाने छन् । पेशागत जीवनमा प्रगति हुने छ । पेशा तथा ब्यवसायबाट भाग्योदय हुने छ । साझेदारीमा गरिएका कार्यहरुमा उल्झन तथा बिबादहरु उत्पन्न हुने छन् ।
कन्या
समय प्रतिकुल प्रकृतिको देखिएकाले सावधानीपूर्वक पाइला चाल्नु उपयुक्त हुने छ । भाग्यहिनताको आभाष हुने भएकाले जारी रहेका कामहरु पुरा हुन सक्ने छैनन् । मेहनत र पराक्रमीपनामा भने त्यति गिरावट आउने छैन् । धन सम्पत्ति नोक्सान हुने योग रहेकाले सतर्कतासहित मात्र अघि बढ्नु पर्ने देखिन्छ ।
तुला
समय सकारात्मक रहेकाले मनमा दृढता देखा पर्ने छ । व्यक्तिगत स्वाभाव पनि शान्त र भद्र प्रकृतिको हुने भएकाले अरुले मन पराउने छन् । बोलीको प्रभावकारितामा बृद्धि हुँदा आँटिलो खालको स्वाभाव बन्न पुग्ने छ । पेशागत जीवनबाट धन, सम्पत्ति तथा वित्तिय अवस्थामा बृद्धि हुने छ ।
वृश्चिक
शान्त स्वाभावको ब्यक्तित्व हुने हुँदा अरुको विश्वास आर्जन गर्न सकिने छ । भाग्यको बलियो साथ रहेकाले मन बलियो हुने छ । प्रतिकुल अवस्थामा पनि मनमा उत्साह रहनाले देखा परेका समस्याहरु समाधान गर्न शक्ति प्राप्त हुने छ । पेशागत जीवनमा भने केही द्वन्द र बादबिबादबाट वातावरण गुज्रन पुग्ने छ ।
धनु
समय प्रतिकुल खालको रहेकाले संयमित भएर पाइला चाल्नु पर्ने देखिन्छ । मनमा उदासिनाता देखिँदा एकाग्रताको अभाव हुन जाने छ । भाग्यको एक हदसम्म साथ रहेकाले ब्यावहारिक जीवनमा देखा परेका अप्ठ्यारोलाई समाधान गर्न आँट भने प्राप्त हुने छ । पेशागत र व्यावसायिक क्षेत्र मध्यम प्रकृतिको रहने छ ।
मकर
बोल्ड खालको ब्यक्तित्व हुने छ । तर अत्याधिक रिसाह खालको ब्यक्तित्व पनि हुने भएकाले अरुसँगको सम्बन्धमा विचार गर्नु होला । आम्दानीमा बृद्धि हुने छ । जीवनसाथिको साथसहित काम गरेमा उक्त कामबाट हुने लाभमा बृद्धि गर्ने छ । पेशागत जीवनमा थप जिम्मेबारी प्राप्त हुने छ ।
कुम्भ
आम्दानीमा बृद्धि हुने छ । मनमा लिएका सपना र महत्वाकांक्षाहरु पुरा हुनेतर्फ जाने छ । कार्यालय सम्बन्धी केही स–साना विषयमा द्वन्द देखा पर्ने भएता पनि पेशागत जीवन औसत अवस्थाबाट नै गुज्रने छ । पैतृक सम्पत्ति तथा धन सम्पत्तिको परिचालन गर्दा लाभ मिल्ने समय छ ।
मीन
बोलीमा कडापनाको मात्रा बढ्न पुग्ने भएकाले संयमिता अपनाउनु होला । भाग्य बलियो साथ रहेकाले मनमा दृढ बन्ने छ । धन, सम्पत्ति तथा पैतृक सम्पत्तिका विषयमा परिवारका सदस्यहरुबीच विवाद चर्कन जाने छ । पेशागत जीवनमा संयम रहनु पर्ने समय भएकाले बादबिबादमा नफस्नु राम्रो हुने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया