युवा हितका लागि सहयोग गर्ने मुख्यमन्त्री पौडलको प्रतिवद्धता
मेरोन्यूज
२०७८ साउन २८ गते १०:४१

मकवानपुर । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा हितका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वागमती प्रदेश युवा परिषद्को हेटौंडा–४ हुप्रचौरस्थित कार्यालय उद्घाटन कार्यक्रममा उनले परिषद्ले युवा हितका लागि उल्लेख्य काम गर्न सक्नुपर्ने भन्दै युवाको चौतर्फी विकास गर्ने कार्यक्रम ल्याउन सुझाव दिए ।
मुख्यमन्त्री पौडेलले युवालाई स्वदेशमै रोजगार अवसर सिर्जना गर्न र उद्यमशील बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने उल्लेख गरे ।
कार्यक्रममा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले युवा मुलुकको गहना भएको उल्लेख गर्दै युवाका लागि खेलकुद, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा परिषद्ले काम गर्नुपर्ने बताइन् । उनले अब युवालाई रोजगारमूलक सीप सिकाउनुपर्ने उल्लेख गरिन् ।
सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया