लुम्बिनीमा नयाँ मुख्यमन्त्रीका लागि कुलप्रसाद केसीको दावी पेश
४२ सांसदको हस्ताक्षर सहित दावी पेश, आजै सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी

बुटवल । कांग्रेस–माओवादी गठवन्धनका नेताहरुले लुम्बिनी प्रदेशमा नयाँ सरकारको दावी गदै प्रदेश प्रमुखलाई हस्ताषर बुझाएका छन् । मुख्यमन्त्री रहेका एमाले स्थायी कमिटि सदस्य शंकर पोखरेलले वुधबार पदवाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ३ वजेसम्मका लागि मुख्यमन्त्रीका लागि आवेदन आह्रवान गरेका थिए ।
सोही आधारमा काग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले संयुक्त गठवन्धन निर्माण गरेर माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन माग गदै दावी पेश गरेका हुन् ।
उनको पक्षमा कुल ८० प्रदेश सभा सांसद मध्ये ४२ जना सांसदले हस्ताक्षर गरेर प्रदेश प्रमुख शेरचनलाई बुझाईएको छ ।
गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका एमालेको सूर्यचिन्ह वाट चुनाव जितेका सांसद अजय शाही समेतले हस्ताक्षर गरेका छन् । एमालेसाग त्यहाँ ३८ सांसद थिए । साहीले पनि कांग्रेस माओवादीतिर हस्ताक्षर गरेपछि शंकर पोखरेलसाग मात्रै ३७ सांसद सिमित हुन पुगेको छ ।
विपक्षी गठवन्धनले मुख्यमन्त्री पोखरेललाईसत्ताच्यूसत गर्ने पटक पटक प्रयास गरेपनि सफल भएका थिएनन ।
आजै सानो मनत्रीमण्डल बनाउने

बहुमतको दावी सहित मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले दावी पेश गरेपछि आजै सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी पनि केसीले गरेका छन् । उनले कांग्रेस, माओवादी र जसपाका कम्तीमा १/ १ जना लाई सहभागी गराएर सानो आकारकोम न्त्रीमण्डल बनाउने तयारी गरेका हुन् ।
प्रदेश सभाको वाकी १६ महिनामा कांग्रेस र माओवादी केन्द्रका वीचमा ८-८ महिना सरकारको नेतृतव गर्ने सभमmदारी पछि शुरुमा माओवादी केन्द्रका केसी मुख्यमन्त्री बन्न लागेका हुन् ।

















प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट ‘ब्याक’ भएकाे राप्रपाको गन्तव्य ‘पृथ्वीपथ’
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया