युवती हत्याको अभियोग लागेका फरार अभियुक्त १६ वर्षपछि सिआईबीको फन्दामा

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ज्यानसम्बन्धी कसूरको मुद्दा लागेर फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चाँगाथलीबाट बुधबार रामेछापको खाँडादेवी गाउँपालिका–६ खत्रीगाउँ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने ४६ वर्षीय शिवजी खत्री भन्ने गबहादुर खत्रीलाई पक्राउ गरेको हो ।
गत २०६२ पुस ६ गते बेलुकी काठमाडौंको कलंकी लामपाटीस्थित डेरामा भगवती लामा (अधिकारी)को आगोले जलेर मृत्यु भएको घटनामा संलग्न भएको अभियोगमा खत्रिलाई पक्राउ गरिएको सिआईबीले जनाएको छ ।
प्रहरीका अनुसार भगवतीलाई शरीरमा आगोले जलेको अवस्थामा देखेपछि सोही घरमा बस्ने व्यक्तिहरुले ढोका फोडेर उनको उद्धार गरेका थिए । तर त्यसबेलादेखि नै फरार रहेका खत्रीलाई घटनामा संलग्न भएको आशंकामा भगवतीका बुवा इन्द्रबहादुर अधिकारीले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।
भगवतीको पुस ७ गते बिहान वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। पक्राउ परेका खत्रीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त कालीमाटीमा पठाइएको ब्यूरोले जनाएको छ ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया