आइतबार, चैत २९, २०८२

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

मेरोन्यूज २०८२ चैत २९ गते १३:१६

काठमाडौँ । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास र रोजगारी सिर्जनाका निम्ति हुनुपर्नेमा जोड दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

साथै उनले जैविक विविधता र वनस्पति संरक्षण अपरिहार्य भएको बताएका छन् ।

वनस्पति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री चौधरीले जैविक विविधता र वनस्पति संरक्षणबाट खाद्य सुरक्षा, रोजगारी र आर्थिक विकास गर्न सकिने बताए । उनले मानव गतिविधि, जलवायु परिवर्तन र असन्तुलित उपभोगका कारण वनस्पति क्षेत्र सङ्कटमा परेको बताउँदै समयमै संरक्षण र व्यवस्थापन गर्न नसके भविष्य नै जोखिममा पर्ने चेतावनी दिए ।

“नेपाल जैविक विविधतामा धनी राष्ट्र हो, विशेषगरी जडीबुटी तथा गैरकाष्ठ वन पैदावारका दृष्टिले हाम्रो देश महत्वपूर्ण स्थानमा छ”, मन्त्री चौधरीले भने, “तर अझै पनि कच्चापदार्थको रूपमा निर्यात गर्ने परम्परा तोड्न सकेका छैनौँ ।”

मन्त्री चौधरीले जडीबुटीको वैज्ञानिक खेती, प्रशोधन, ब्रान्डिङ र अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्न सरकार, निजी क्षेत्र, अनुसन्धान संस्था र स्थानीय समुदायबीच सहकार्य अपरिहार्य भएको बताए ।

देशमा उपलब्ध जडीबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी औषधि विकासलाई उन्नत चरणसम्म पु¥याउनुपर्ने बताए ।

बौद्धिक सम्पत्ति अधिकार, भौगोलिक सङ्केत, दर्ता तथा अनुसन्धान संस्थाको प्रभावकारिता मापनलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए । परम्परागत ज्ञानको संरक्षण र पुस्तान्तरणका लागि विशेष कार्यक्रम आवश्यक रहेको मन्त्री चौधरीको भनाइ थियो ।

प्रतिक्रिया