‘मेलम्चीका जनताहरुलाई भोली – पर्सि नै खोप दिने व्यवस्था हुन्छ’

काठमाडौं । कक्षा १२ का ४ लाख विद्यार्थीहरु खोप लगाउँन नमिल्ने भएकाले परीक्षा रोकिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए । विहिबारको प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिदै राजयमन्त्री श्रेष्ठले भने “मेलम्चीका जनताहरुलाई भोली पर्सि नै खोप दिने व्यवस्था गर्ने प्रतिबद्धता गर्दछु ।”
उनका अनुसार खोप केन्द्रको व्यवस्थापनका लागि वडा भोलिन्टरको व्यवस्था गर्नुपर्ने देखिएको हुदाँ त्यो पनि छिटै गरिनेछ ।
त्यसैगरी, अहिले जेष्ठ नागरिकहरु साढे १३ लाखलाई जसले कोभिसिल्ड लिएकाहरुलाई अहिले एष्टाजेनिका खोप प्रदेश १ र २ मा बाहेक अन्य जिल्लमा दिईरहेको उनले जानकारी दिए ।
उनले भने, “एष्टाजेनिका खोप भुटान र जापान गरी साढे १७ लाख खोप आएको छ ।”
जेष्ठ नागरिक दिएर बाँकी खोप जो बढी हिड्डुल गरिरहनुपर्छ तिनिहरुलाई दिईने उनले बताए ।
स्वास्थ्य मन्त्रालयले संक्रामक ,खोप विज्ञहरु राखेर काम गरी रहेको उनले जानकारी दिए। उनले भने,“अब खोप प्रश्स्त आउँछ ।”
उनका अनुसार कोरोना परीक्षणको दर बढाउने तयारी छ । सरकारी अस्पतालमा २ पटक कोरोना परीक्षण गरेको शुल्क नलिने तयारी रहेको उनको भनाई छ ।
कोरोनाको तेस्रो लहरबाट बालबालिकाहरुलाई जोगाउँन आइसीयु र भेन्टिलेटर थप्ने काम भइरहेको छ । कोरोना मात्र हैन कोरोना बाहेका विरामीहरुका लागि उपचार लिन पाउँने व्यवस्था गरिएको उनले बताए ।










मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
प्रतिक्रिया