आइतबार, माघ ६, २०८१

लुम्बिनीमा सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

मेरोन्यूज २०७८ साउन २८ गते १८:१०

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । बिहीबार केसीले सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

Advertisement

उनले नेकपा माओवादी केन्द्रबाट २, नेपाली कांग्रेसबाट १, जनता समाजवादी पार्टी (जसपा)बाट ३ जना र स्वतन्त्र एक सांसदलाई मन्त्री बनाउन लागेको बताइएको छ । केसी विपक्षी गठबन्धनको तर्फबाट आज नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

मन्त्री हुनेमा काँग्रेसबाट डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जसपाबाट सुमन शर्मा रायमाझी, कुर्मती ढेँगा र सहसराम यादव, स्वतन्त्रबाट अजय शाही रहेका छन् । मुख्यमन्त्री केसीले सपथ लिएपछि अन्य मन्त्रीहरुको सपथ ग्रहण हुने छ ।

प्रतिक्रिया