लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले लिए शपथ
मेरोन्यूज
२०७८ साउन २८ गते १८:१९
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई सपथग्रहण गराएका हुन् ।
माओवादी संसदीय दलका नेता केसी काँग्रेससहित ४ दलको समर्थनमा आजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई प्रदेशसभाका ४२ जना सदस्यहरुले समर्थन गरेका छन् ।
यस्तै केसीले आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । उनले नेपाली कांग्रेसबाट १, माओवादी केन्द्रबाट २, जनता समाजवादी पार्टी (जसपा)बाट ३ र एक जना स्वतन्त्र सांसदलाई मन्त्री बनाउन लागेको बताइउको छ ।
सम्बन्धित
प्रतिक्रिया