लुम्बिनीका सात मन्त्रीले लिए शपथ

काठमाडौं । लुम्बिनी प्रदेशका सात जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्री कुलप्रसाद केसीले सपथ ग्रहण गरेपछि उनीहरुले सपथ लिएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीलाई शपथ गराएपछि मन्त्रीहरुलाई शपथ गराएका थिए । बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले आज नयाँ मुख्यमन्त्री केसीलाई नियुक्त गरेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएपछि उनले सानो आकारको मन्त्रिपरिषद् गठन गरेका थिए ।
केसीले नेकपा माओवादी केन्द्रबाट २, नेपाली कांग्रेसबाट १, जनता समाजवादी पार्टी (जसपा)बाट ३ जना र स्वतन्त्र एक सांसदलाई मन्त्री बनाएका छन् । मन्त्री हुनेमा काँग्रेसबाट डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जसपाबाट सुमन शर्मा रायमाझी, कुर्मती ढेँगा र सहसराम यादव, स्वतन्त्रबाट अजय शाही रहेका छन् ।
चौधरी शहरी तथा ग्रामीण विकास, खड्का आन्तरिक मामिला तथा कानुन र यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया