सोमबार, माघ ७, २०८१

लुम्बिनीका सात मन्त्रीले लिए शपथ

मेरोन्यूज २०७८ साउन २८ गते १८:४६

काठमाडौं । लुम्बिनी प्रदेशका सात जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्री कुलप्रसाद केसीले सपथ ग्रहण गरेपछि उनीहरुले सपथ लिएका हुन् ।

Advertisement

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीलाई शपथ गराएपछि मन्त्रीहरुलाई शपथ गराएका थिए । बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले आज नयाँ मुख्यमन्त्री केसीलाई नियुक्त गरेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएपछि उनले सानो आकारको मन्त्रिपरिषद् गठन गरेका थिए ।

केसीले नेकपा माओवादी केन्द्रबाट २, नेपाली कांग्रेसबाट १, जनता समाजवादी पार्टी (जसपा)बाट ३ जना र स्वतन्त्र एक सांसदलाई मन्त्री बनाएका छन् । मन्त्री हुनेमा काँग्रेसबाट डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जसपाबाट सुमन शर्मा रायमाझी, कुर्मती ढेँगा र सहसराम यादव, स्वतन्त्रबाट अजय शाही रहेका छन् ।

चौधरी शहरी तथा ग्रामीण विकास, खड्का आन्तरिक मामिला तथा कानुन र यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।

प्रतिक्रिया