विभिन्न विधाका छ पत्रकारलाई पुरस्कृत गरिने

काठमाडौं । नेपाल पत्रकार महासंघ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ ।
समितिका महासचिव रोयल आचार्यले बिहीबार साँझ विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्न लागेको बताएका हुन् ।
समितिले चलचित्र पत्रकारितामा रीना मोक्तान, आर्थिक पत्रकारितामा मेनुका कार्की, खेलकुद पत्रकारितामा जीतबहादुर साउद, सामाजिक/राजनीतिक पत्रकारितामा गोविन्द मरासिनी, कार्टुन पत्रकारितामा विरोचन मल्ल ठकुरी र फोटो पत्रकारितामा चन्द्रबहादुर आलेलाई पुरस्कारसहित सम्मान गर्न लागेको हो ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि ज्यानको बाजी राखेर निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारलाई १० हजारसहितको सक्रिय पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको होे ।
उक्त पुरस्कारले पत्रकारलाई निरन्तर काममा लाग्न प्रोत्साहन मिल्ने समितिका महासचिव आचार्यको भनाइ छ । पुरस्कार छनोटका लागि छ वटै विधासँग सम्बन्धित संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
उक्त पुरस्कार आगामी असोज १ गते हुने एशोसियट प्रदेशको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा प्रदान गरिने महासचिव आचार्यले बताए ।










तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया