विभिन्न विधाका छ पत्रकारलाई पुरस्कृत गरिने

काठमाडौं । नेपाल पत्रकार महासंघ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ ।
समितिका महासचिव रोयल आचार्यले बिहीबार साँझ विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्न लागेको बताएका हुन् ।
समितिले चलचित्र पत्रकारितामा रीना मोक्तान, आर्थिक पत्रकारितामा मेनुका कार्की, खेलकुद पत्रकारितामा जीतबहादुर साउद, सामाजिक/राजनीतिक पत्रकारितामा गोविन्द मरासिनी, कार्टुन पत्रकारितामा विरोचन मल्ल ठकुरी र फोटो पत्रकारितामा चन्द्रबहादुर आलेलाई पुरस्कारसहित सम्मान गर्न लागेको हो ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि ज्यानको बाजी राखेर निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारलाई १० हजारसहितको सक्रिय पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको होे ।
उक्त पुरस्कारले पत्रकारलाई निरन्तर काममा लाग्न प्रोत्साहन मिल्ने समितिका महासचिव आचार्यको भनाइ छ । पुरस्कार छनोटका लागि छ वटै विधासँग सम्बन्धित संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
उक्त पुरस्कार आगामी असोज १ गते हुने एशोसियट प्रदेशको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा प्रदान गरिने महासचिव आचार्यले बताए ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया