राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजिक गर्दै

काठमाडौं । तयारी अवस्थामा रहेर पनि सरकार परिवर्तनका कारण जारी हुन नपाएको मौद्रिक नीति राष्ट्र बैंकले आज सार्वजनिक गर्दै छ ।
कोभिडको दोस्रो र तेस्रो लहरबाट प्रभावित ऋणीलाई विशेष सुविधासहित राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । स्रोतका अनुसार आज बिहान सञ्चालक समितिको बैठकले अन्तिम रूप दिएपछि दिउँसो सार्वजनिक गर्ने कार्यक्रम छ ।
कोभिडको महामारीले शिथिल अर्थतन्त्रलाई गत वर्षको मौद्रिक नीतिले ठूलो राहत दिएको थियो । सोही कारण यो वर्ष पनि मौद्रिक नीतिमा धेरैले गत वर्षजत्तिकै सहुलियत र सुविधा अपेक्षा गरेका छन् । तर गत वर्ष जस्तो धेरै सुविधा दिने पक्षमा राष्ट्र बैंक छैन ।
अघिल्लो पटकको निषेधाज्ञाको तुलनामा दोस्रो चरणको निषेधाज्ञामा अर्थतन्त्र केही चलायमान रहेको राष्ट्र बैंकको निष्कर्ष छ । यसकारण पनि उद्योगी व्यापारीलाई गत वर्षजत्तिकै सुविधा नदिइने स्रोतले बताएको छ ।
पछिल्ला केही महिनायता सेयर बजार लगातार उकालो लागिरहेको छ । बजार बढिरहेकाले बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा कर्जा मात्र होइन, लगानी पनि बढाएका छन् ।
यसकारण ‘बुलिस ट्रेन्ड’ मा रहेको बजार प्रभावित हुने खालका नीति मौद्रिक नीतिमा आउने धेरैको अनुमान छ । यसको तयारी राष्ट्र बैंकले पनि गरेको छ । तर अर्थ मन्त्रालय, संसद्को अर्थ समितिलगायत विभिन्न संघसंस्थाले सेयर बजार प्रभावित नहुने गरी मौद्रिक नीति ल्याउन सुझाइरहेका छन् ।
‘मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाको पुँजी वृद्धिको तयारी भएको स्रोतको दाबी छ ।
पुनर्कर्जा, ब्याज अनुदानको सहुलियत कर्जा र व्यावसायिक निरन्तरता कर्जाले यस वर्ष पनि निरन्तरता पाउँदै छन् । स्रोतका अनुसार मौद्रिक नीतिमा प्राथमिकताप्राप्त क्षेत्रअन्तर्गत कृषि, ऊर्जा, पर्यटनलगायतमा निर्देशित लगानी व्यवस्था परिमार्जन गरिएको छैन ।
निकै चर्चामा रहेको बाध्यात्मक मर्जरको विषय भने यो मौद्रिक नीतिमा छैन । तर मर्जर तथा एक्विजिसनमा जाने वित्तीय संस्थाका लागि यसअघिका सुविधा व्यवस्थाले निरन्तरता पाएका छन् ।










अग्नि समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी
अफगानिस्तानमा डेङ्गुको उच्च जेखिम
कम्बोडियामा बस नदीमा खस्दा १३ जनाको मृत्यु
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
प्रतिक्रिया