रौतहटमा जनताको माझ जनताको निम्क्ति माओवादी अभियान तिव्र
जिल्लाका १५७ वडा मध्ये ११० वडामा माओवादीको भेला सम्मेलन सम्पन्न

गौर । माओवादी केन्द्रले रौतहटमा संगठनात्मक गतिविधिलाई आक्रामक ढंगले अगाडी बढाएको छ । जनता माझ, जनताको निम्ति माओबादी केन्द्रको सागठनिक अभियान नारासहित माओवादी केन्द्रले जिल्लाका नगरपालिका र गाउपालिकाका वडा तहसम्मै संगठनात्मक अभियानलाई तिव्रता दिएको हो ।
पार्टी कमिटि गठन, पर्नूगठन लगायतको कामलाई मात्रै माओवादीले यो वीचमा तिव्रता दिएको छैन, स्थानिय स्तरमै माओवादीका केन्द्रीय नेताहरुकै उपस्थितीमा जनतामा दैनान्दिनका समस्याका विषयमा पनि माओवादी केन्द्रले छलफल थालेको छ ।
साउन ३० गते सम्म वडा सम्मेलन/भेला गरिसक्न पार्टीको स्थाई समितीको निर्देशन अनुसार जिल्लाको नेतत्वले अहिले वडा भेलाहरुलाइ तिव्रतामा लगेको हो ।
जिल्लाका १५७ वटा वडा मध्य विहिवार सम्म ११० वटा वडाका भेला , सम्मेलन सम्पन्न भएको माओवादी रौतटह जिल्लाका इन्चार्ज युवराज भटटराईले जनकारी दिए ।
‘हामी अहिले अभियानात्मक रुपमै पार्टी काममा छौं, जिल्लाका १५७ वडा मध्य ११० ओटा वडामा हामीले भेला सम्मेलन गर्ने, संगठन गठन पूर्नगठन गर्ने लगायतका काम सम्पन्न गरिसकेका छौं, बाकी वडामा पनि यो धमाधम अगाडी गर्ने गरी कार्यक्रम बनेको छ,’ माओवादी रौतहट जिल्ला इन्चार्ज भटटराईले मेरोन्यूजसँग भने ।

अहिलेसम्म माओवादी केन्द्रले गौरको वडा नम्वर २,३,५,९, राजपुरको वडा नम्वर १, दुर्गा भगवतिको वडा नम्वर १ र ४, यमुनामाईको वडा १,२,३ र ४, माधबनारायणको वडा नम्वर ५,६,७ र ८, गरुडाको वडा नम्वर २,३,७,८ र ९, गढिमाईको ३,४,५,६,८र ९, वृन्दाबनको १,२,३,४,५,७ र ८, चन्द्रपुरको १,२,३,४,५,६,७,८,९ र१०, गुजराको १,२,३,४,५,६,७,८ र ९, कटहरियाको १,२,३,४,५,६,७,८ र ९, फतुवा बिजयपुरको १,२,३,४,६,७,८,१० र ११, मौलापुरको १,२,३,४,६ र ८, देवाही गोनाहीको १,२,३,४,५,६,७,८ र ९ मा माओवादीले वडा भेला, सम्मेलन सम्पन्न गरिसकेको छ ।
त्यस्तै, बौद्दीमाईको १,२,४,६,७,८ र ९, परोहाको ३,४,५,६ र ९, राजपुरको ३,४,५,६,७ र ८ तथा ईशनाथको २,३,५,६,७ र ८ मा वडा सम्मेलन र भेलाहरु सम्पन्न भईसकेको माओवादी रौटहट जिल्ला कमिटिले जानकारी दिएको छ ।
भेलावाट जनतामा माओवादी प्रतिको आकर्षण वढेको र जनतामा राम्रो छाप परेको जिल्ला इन्चार्ज भटटराईले बताए ।
















नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
चुनावी घोषणापत्र छिट्टै प्रकाशन गर्ने नेपाली कम्युनिष्ट पार्टीको निर्णय
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया