रौतहटमा जनताको माझ जनताको निम्क्ति माओवादी अभियान तिव्र
जिल्लाका १५७ वडा मध्ये ११० वडामा माओवादीको भेला सम्मेलन सम्पन्न

गौर । माओवादी केन्द्रले रौतहटमा संगठनात्मक गतिविधिलाई आक्रामक ढंगले अगाडी बढाएको छ । जनता माझ, जनताको निम्ति माओबादी केन्द्रको सागठनिक अभियान नारासहित माओवादी केन्द्रले जिल्लाका नगरपालिका र गाउपालिकाका वडा तहसम्मै संगठनात्मक अभियानलाई तिव्रता दिएको हो ।
पार्टी कमिटि गठन, पर्नूगठन लगायतको कामलाई मात्रै माओवादीले यो वीचमा तिव्रता दिएको छैन, स्थानिय स्तरमै माओवादीका केन्द्रीय नेताहरुकै उपस्थितीमा जनतामा दैनान्दिनका समस्याका विषयमा पनि माओवादी केन्द्रले छलफल थालेको छ ।
साउन ३० गते सम्म वडा सम्मेलन/भेला गरिसक्न पार्टीको स्थाई समितीको निर्देशन अनुसार जिल्लाको नेतत्वले अहिले वडा भेलाहरुलाइ तिव्रतामा लगेको हो ।
जिल्लाका १५७ वटा वडा मध्य विहिवार सम्म ११० वटा वडाका भेला , सम्मेलन सम्पन्न भएको माओवादी रौतटह जिल्लाका इन्चार्ज युवराज भटटराईले जनकारी दिए ।
‘हामी अहिले अभियानात्मक रुपमै पार्टी काममा छौं, जिल्लाका १५७ वडा मध्य ११० ओटा वडामा हामीले भेला सम्मेलन गर्ने, संगठन गठन पूर्नगठन गर्ने लगायतका काम सम्पन्न गरिसकेका छौं, बाकी वडामा पनि यो धमाधम अगाडी गर्ने गरी कार्यक्रम बनेको छ,’ माओवादी रौतहट जिल्ला इन्चार्ज भटटराईले मेरोन्यूजसँग भने ।

अहिलेसम्म माओवादी केन्द्रले गौरको वडा नम्वर २,३,५,९, राजपुरको वडा नम्वर १, दुर्गा भगवतिको वडा नम्वर १ र ४, यमुनामाईको वडा १,२,३ र ४, माधबनारायणको वडा नम्वर ५,६,७ र ८, गरुडाको वडा नम्वर २,३,७,८ र ९, गढिमाईको ३,४,५,६,८र ९, वृन्दाबनको १,२,३,४,५,७ र ८, चन्द्रपुरको १,२,३,४,५,६,७,८,९ र१०, गुजराको १,२,३,४,५,६,७,८ र ९, कटहरियाको १,२,३,४,५,६,७,८ र ९, फतुवा बिजयपुरको १,२,३,४,६,७,८,१० र ११, मौलापुरको १,२,३,४,६ र ८, देवाही गोनाहीको १,२,३,४,५,६,७,८ र ९ मा माओवादीले वडा भेला, सम्मेलन सम्पन्न गरिसकेको छ ।
त्यस्तै, बौद्दीमाईको १,२,४,६,७,८ र ९, परोहाको ३,४,५,६ र ९, राजपुरको ३,४,५,६,७ र ८ तथा ईशनाथको २,३,५,६,७ र ८ मा वडा सम्मेलन र भेलाहरु सम्पन्न भईसकेको माओवादी रौटहट जिल्ला कमिटिले जानकारी दिएको छ ।
भेलावाट जनतामा माओवादी प्रतिको आकर्षण वढेको र जनतामा राम्रो छाप परेको जिल्ला इन्चार्ज भटटराईले बताए ।










झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा उत्रिए बासिन्दा
क्रिकेटः नेपालद्वारा भारत ९२ रनले पराजित
बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालो मोसो
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
प्रतिक्रिया