कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, थप सदस्यले धारणा राख्ने

काठमाडौं । पार्टीको १४ औँ महाधिवेशनको विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । बुढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बिहान ११ बजे बस्ने बैठकमा बिहीबारकै एजेन्डामा छलफल केन्द्रीत हुने कांग्रेसले जनाएको छ । बिहीबार बोल्न बाँकी सदस्यले आज धारणा राख्ने नेता धनराज गुरुङले जानकारी दिए ।
बिहीबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन, महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानविन प्रतिवेदन छलफलका लागि पेश गरेका थिए । बैठकमा समितिका सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, प्रदीप पौडेल, कल्याण कुमार गुरुङ र योगेन्द्र चौधरीले आफ्नो धारणा राखेका थिए ।
समितिले यही साउन १२ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केही विवाद बाँकीसहितको क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार १४ औँ महाधिवेशन पार्टीको क्रियाशील सदस्यता संख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।
यसैबीच नेता गुरुङले पार्टीका शीर्ष नेताकै कारण १४ औँ महाधिवेशन अन्योलमा परेको आरोप लगाएका छन । कार्यविधि र नेताको शैलीका कारण क्रियाशील सदस्यतासम्बन्धी विवाद निरुपण हुन नसकेको उनको भनाई छ । महाधिवेशन गराउने इच्छा शक्ति भए क्रियाशील सदस्यता सम्बन्धी विवाद भएका निकायलाई बाहिर राखेर पनि प्रक्रिया अघि बढाउन सकिने गुरुङले बताए ।
मेरोन्यूजसँग कुरा गर्दै उनले भने, ‘६ हजार ७ सय ४३ स्थानीय तहमध्ये अब एक सय वटा जतिमा मात्र विवाद टुंगिन बाँकी छ त्यसलाई देखाएर रोक्न मिल्छ ? यसअघि पनि महाधिवेशनमा धेरै नजिर स्थापित भइसकेको छ ।’
उनले क्रियाशील सदस्यतालगायत विभिन्न बहाना देखाए पनि नेतृत्व कै कारण महाधिवेशन हुन नसकेको दाबी गरे ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया