लुम्बिनीका नवनियुक्त मन्त्रीमाथि एमालेले थाल्यो कारवाही (पत्रसहित)
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री अजय शाहीलाई नेकपा एमालेले कारवाही प्रक्रिया शुरु गरेको छ । प्रदेश सभा चुनावमा हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहमा रहेर एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका शाही एमाले प्रदेश सभा दलको निर्णय विपरित कांग्रेस, माओवादी गठवन्धनमा लागेर कुलप्रसाद केसी नेतृत्वको लुम्विनी प्रदेश सरकारको मन्त्री समेत हुन पुगेपछि शाहीलाई एमालेले कारवाही प्रक्रिया अगाडी बढाएको हो । उनलाई एमालेले स्पष्टीकरण सोधेको छ ।
दल सम्वन्धी विधनमा व्यक्ति जुनकुनै विचार समुहमा रहे पनि सम्बन्धित दलको चुनाव चिन्ह लिएर चुनाव लडेमा निर्वाचित अवधिसम्मका लागि त्यसता व्यक्ति उही दलको संसदीय दलको सदस्य हुने र दलको नीति नियम सबै लागु हुने व्यवस्था छ ।
त्यही आधारमा शाही हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहमा रहे पनि उनी एमालेको चुनाव चिन्हबाट चुनाव जितेका कारण उनलाई एमालेले कारवाही गर्न सक्ने व्यवस्था छ । शाहीले मुख्यमन्त्री केसी नेतृत्वको गठवन्धनमा सहभागी भई साथ दिने काम गरेका थिए । केसीले पनि सोही आधारमा उनलाई बिहीबार नै विनाविभागीय मन्त्रीका रुपमा नियुक्त गरेका थिए ।
एमालेको साथ छाडेपछि एमाले प्रदेश संसदीय दलले तीन दिनभित्र आफैं उपस्थित भई स्पष्टीकरण दिन शाहीलाई स्पष्टीकरण सोधेको छ ।
एमाले प्रदेशसभा दलका प्रमुख सचेतक भूमिश्वर ढकालको हस्ताक्षरमा सोधिएको स्पष्टीकरण पत्रमा शाहीले असार ३० गते बजेट पारित गर्ने दिन प्रदेश सभामा अनुपस्थित भई पार्टीको ह्वीप उल्लंघन गरेको र साउन २७ गते प्रदेश सभा बैठक बहिस्कार गर्ने पार्टी निर्णय विपरीत बैठकमा उपस्थित भएको उल्लेख छ । तीन दिन भित्र चित्तबुझ्दो जवाफ नआए कारबाही कारवाही प्रक्रिया अगाडी वढाउने एमालेले जनाएको छ ।
शाहीसँगै गठवन्धनमा रहेर नेकपा माओवादी केन्द्र रोजेकी विबमला वलीलाई पनि कारवाही प्रक्रिया अगाडी बढाएको एमालेले जनाएको छ । वली भने तत्कालिन एमाले र माओवादी वीचको एकताकै क्रममा नेकपाको चुनाव चिन्ह् सूर्य लिएर उपचुनाव मार्फत प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन् ।
एमाले र माओवादी विभाजन पछि उनले भने माओवादी केन्द्र रोज्न पुगेकी थिइन । तर एमालेले उनले एमाले छोडन नपाउनेमा छोडेकोमा कारवाही हुने वताउँदै आएको छ ।
प्रतिक्रिया