कांग्रेस नेता महतले गरे समाचारप्रति ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले आफूप्रति तोडमोड गरेर समाचार प्रकाशित भएको भन्दै ध्यानाकर्षण गराएका छन् । ‘शेर बहादुर देउवा किन मलाई मन पर्छ’ भन्ने भिडियोमा आफूले नबोले पनि सञ्चार माध्यमहरूमा सुनियोजित समाचार प्रकाशित भएकाले उनले ध्यानाकर्षण गराएका हुन् ।
‘प्रधानमन्त्री वा उहाँको सहयोगीले गरेको कुनै कार्यले प्रधानमन्त्रीको छविलाई हानी गरेको छ भन्ने लागेमा प्रधानमन्त्रीको निरन्तर पहुँतमा रहेका नेता र निकटस्थहरूले सीधै प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने र त्यसका लागि सामाजिक सञ्जालको सहयोग लिनुपर्ने अवस्था के परिस्थितिले आइपरेको हो भनेर जिज्ञासा मात्र राखेको हुँ,’ उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेतृत्व तहबाट कुनै कमी कमजोरी भएमा सीधै राख्ने मेरो स्वभाव छ, त्यसले काम नगरे मात्र संस्थागत र सार्वजनिक रुपमा राख्नुपर्छ भन्ने मान्याता म राख्द छु ।’
केही दिनअघि प्रधानमन्त्री देउवाको बारेमा मलाई किन शेर बहादुर देउवा किन मलाई मन पर्छ ? भन्ने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भई चर्चामा आएको थियो ।











ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया