कांग्रेस नेता महतले गरे समाचारप्रति ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले आफूप्रति तोडमोड गरेर समाचार प्रकाशित भएको भन्दै ध्यानाकर्षण गराएका छन् । ‘शेर बहादुर देउवा किन मलाई मन पर्छ’ भन्ने भिडियोमा आफूले नबोले पनि सञ्चार माध्यमहरूमा सुनियोजित समाचार प्रकाशित भएकाले उनले ध्यानाकर्षण गराएका हुन् ।
‘प्रधानमन्त्री वा उहाँको सहयोगीले गरेको कुनै कार्यले प्रधानमन्त्रीको छविलाई हानी गरेको छ भन्ने लागेमा प्रधानमन्त्रीको निरन्तर पहुँतमा रहेका नेता र निकटस्थहरूले सीधै प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने र त्यसका लागि सामाजिक सञ्जालको सहयोग लिनुपर्ने अवस्था के परिस्थितिले आइपरेको हो भनेर जिज्ञासा मात्र राखेको हुँ,’ उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेतृत्व तहबाट कुनै कमी कमजोरी भएमा सीधै राख्ने मेरो स्वभाव छ, त्यसले काम नगरे मात्र संस्थागत र सार्वजनिक रुपमा राख्नुपर्छ भन्ने मान्याता म राख्द छु ।’
केही दिनअघि प्रधानमन्त्री देउवाको बारेमा मलाई किन शेर बहादुर देउवा किन मलाई मन पर्छ ? भन्ने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भई चर्चामा आएको थियो ।

















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
प्रतिक्रिया