महाधिवेशन मिति तोक्ने विषयमा कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा निवासमा बैठक केही समयअघिबाट बैठक सुरु भएको केन्द्रीय सदस्य कल्याण गुरुङले बताए ।
बिहीबारको बसेको केन्द्रीय समितिको बैठकमा सभापति देउवा निवासमा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले निर्वाचन निर्देशिकासम्बन्धी प्रस्ताव, उपसभापति तथा समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले क्रियाशील छानबिन समितिको प्रतिवेदन पेश गरेका थिए ।
बिहीबारको बैठकमा लेखकको प्रतिवेदनमाथि देउवा पक्षकै आनन्द ढुंगाना र पौडेल पक्षका कल्याण गुरुङले फरक मत राखेका थिए । केन्द्रीय कार्य समितिको बैठक टुंगिदा हामीले १४ औँ महाधिवेशनको कार्य तालिका सार्वजनिक गरिने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।
केन्द्रीय सदस्यले बोल्न चाहेसम्म बैठक चल्ने उनले जानकारी दिए । साउन १२ मा हुने वडा अधिवेशन नभएपछि नयाँ तालिका सार्वजनिक गर्नु पर्ने अवस्थामा कांग्रेस छ ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
प्रतिक्रिया