राष्ट्र बैंकको संचालक समितिद्वारा कानुन विपरित काम

काठमाडौं । नेपाल राष्ट्र बैंकका संचालक समितिका सदस्यले कानुन विपरित कार्य गरेको खुलेको छ ।
आज सार्वजनिक हुन लागेको आर्थिक वर्ष २०७८/०७९ मौद्रिक नीति सार्वजनिक हुनु अगावै संचालकले यसको विषयवस्तु बारे सुचना चुहाएका हुन् ।
राष्ट्र बैंकका संचालकको यस्तो कदम नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३८ को उपदफा १ विपरित रहेको छ । उक्त दफा अनुसार राष्ट्र बैंकका संचालकले पदीय रुपमा काम गर्दा प्राप्त हुन आएको कुनै प्रकाशित वा अप्रकाशित गोप्य जानकारी वा सूचना अरुलाई दिन वा सोको भेद खोल्नु हुदैन ।
तर राष्ट्र बैंकले संचालकले आफ्नो पदीय मर्यादा बिर्सदै मौद्रिक नीतिको विषयवस्तु नै केही संचारमाध्यमलाई उपलब्ध गराएका हुन् ।
यद्यपि राष्ट्र बैंकमा रहेक कुन संचालकले सूचना चुहाएको भन्ने खुलेको छैन । राष्ट्र बैंकमा ७ जना संचालक छन् ।
संचालक समितिमा गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव मध्य कुमार मरासिनी , डेपुटी गभर्नरहरु निलम ढुंगाना र बम बहादुर मिश्र, तथा अन्य सदस्यको रुपमा श्री राम पौडेल, रामजी रेग्मी, र डा. सुवोध कुमार कर्ण रहेका छन् ।
सार्वजनिक हुनु अगावै मौद्रिक नीतिको विषयवस्तु लिक गराएको प्रति आर्थिक मिडियाहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी इम्शनले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया