राष्ट्र बैंकको संचालक समितिद्वारा कानुन विपरित काम

काठमाडौं । नेपाल राष्ट्र बैंकका संचालक समितिका सदस्यले कानुन विपरित कार्य गरेको खुलेको छ ।
आज सार्वजनिक हुन लागेको आर्थिक वर्ष २०७८/०७९ मौद्रिक नीति सार्वजनिक हुनु अगावै संचालकले यसको विषयवस्तु बारे सुचना चुहाएका हुन् ।
राष्ट्र बैंकका संचालकको यस्तो कदम नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३८ को उपदफा १ विपरित रहेको छ । उक्त दफा अनुसार राष्ट्र बैंकका संचालकले पदीय रुपमा काम गर्दा प्राप्त हुन आएको कुनै प्रकाशित वा अप्रकाशित गोप्य जानकारी वा सूचना अरुलाई दिन वा सोको भेद खोल्नु हुदैन ।
तर राष्ट्र बैंकले संचालकले आफ्नो पदीय मर्यादा बिर्सदै मौद्रिक नीतिको विषयवस्तु नै केही संचारमाध्यमलाई उपलब्ध गराएका हुन् ।
यद्यपि राष्ट्र बैंकमा रहेक कुन संचालकले सूचना चुहाएको भन्ने खुलेको छैन । राष्ट्र बैंकमा ७ जना संचालक छन् ।
संचालक समितिमा गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव मध्य कुमार मरासिनी , डेपुटी गभर्नरहरु निलम ढुंगाना र बम बहादुर मिश्र, तथा अन्य सदस्यको रुपमा श्री राम पौडेल, रामजी रेग्मी, र डा. सुवोध कुमार कर्ण रहेका छन् ।
सार्वजनिक हुनु अगावै मौद्रिक नीतिको विषयवस्तु लिक गराएको प्रति आर्थिक मिडियाहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी इम्शनले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः मृत्यु हुनेको बालिकाको सङ्ख्या १४८ पुग्यो
Election materials transported by helicopter
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
4 days to HoR Election: pass arrangements for election day
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण : दुई दिनमा कम्तीमा २० जनाको मृत्यु
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
सहकारी ठगीविरुद्ध कांग्रेसको शून्य सहनशीलता नीति
प्रतिक्रिया