अशक्त नागरिकलाई घरमा पुगेर खोप दिन सर्वोच्चको आदेश (पत्रसहित)

काठमाडौँ । ‘जेष्ठ नागरिक’लाई घरमा पुगेर कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप दिन सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाले शुक्रबार उक्त आदेश दिएको हो ।
अधिवक्ता प्रवेश केसीले जेष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने अपांग, अस्पतालले पहिचान गरेको दिर्घ रोगी तथा फरक क्षमता भएका व्यक्तिको घरमा पुगेर खोप दिन अदालतले आदेश गरेको हो ।
‘यिनै संवैधानिक हकको प्रचलनको परिप्रेक्षमा खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दिर्घ रोगीहरु तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरु समेतका लागि राज्यले वडास्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर–घरमा पुगि कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिव समय र तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी कार्यक्रम सञ्चालन गर्नु गराउनु’ सर्वोच्चको आदेशमा भनिएको छ ।
उक्त मुद्दामा रिट निवदेन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएका थिए ।
















‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’:राष्ट्रपति पौडेल
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया