आइतबार, माघ ६, २०८१

मौद्रिक नीति सार्वजनिक

मेरोन्यूज २०७८ साउन २९ गते १६:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न सुरु गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केहिबेर अघिदेखि चालु आर्थिक वर्ष २०७८÷०७९ को मौद्रिक नीति सार्वजनिक गर्न लागेका हुन् ।

Advertisement

शुक्रबार बिहान राष्ट्र बैंकको संचालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको थियो । सरकार परिवर्तन भएको र नयाँ सरकारले बजेट परिवर्तन गर्ने तथा सरकारको प्राथमिकता परिवर्तन हुने भएकोले मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई भएको हो ।

तर सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिसकेको र बजेट प्रतिस्थापन विधयेक तयार पारिसकेकोले राष्ट्र बैंकले सोही अनुसार मौद्रिक नीति सार्वजनिक गरिरहेको जानकारी दिएको छ ।

मौद्रिक नीति आउँन ढिलाई हुने भएकोले राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्न र साधारणसभा गर्नको लागि सर्कुलर गरेको थियो ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले पुँजीबजारको विकास र स्थायित्वमा प्रतिकूल प्रभाव नपर्ने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया