आर्थिक कूटनीति प्रभावकारी तुल्याउन ‘भर्चुअल’ छलफल
काठमाडौं । आर्थिक कूटनीतिसम्बन्धी नियोगका कार्यक्रमहरूलाई नतिजामुखी बनाउन नेपालको निर्यात व्यापार प्रवद्र्धनमा लक्षित बनाउँदै सरोकारवाला सबै निकायहरूबीच प्रभावकारी समन्वय तथा सहकार्य गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले नेपाली निर्यातजन्य वस्तु निकासी गर्ने उद्यमी व्यवसायी र विदेशस्थित नेपाली नियोग प्रमुख तथा अन्य कर्मचारीसँग आयोजना गरेको तीनदिने अप्रत्यक्ष कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालको निर्यात व्यापार प्रवद्र्धनमा व्यवसायीहरू एवम् नेपाली नियोगलगायत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको भूमिकाका साथै नेपालको हाल निर्यातको अवस्था, आगामी लक्ष्य र त्यसमा नेपाली नियोगहरूसँग गरिएको अपेक्षाबारे छलफल भएको थियो । यसैगरी विदेशमा नेपाली निर्यातजन्य वस्तुहरूको बजारको सम्भाव्यता, त्यसका लागि निर्यात व्यवसायी महासङ्घबाट तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रबाट गरिएका अपेक्षाका सम्बन्धमा पनि छलफल भएको थियो ।
कार्यक्रमबाट नेपाली नियोग र नेपाली निर्यातजन्य वस्तुका उत्पादक तथा व्यापारीहरूसँगको समन्वय, सहकार्य र सूचना आदानप्रदानमा अभिवृद्धि भई आगामी दिनमा नेपालको निर्यात वृद्धिमा सघाउ पुग्ने विश्वास मन्त्रालयको रहेको परराष्ट्र प्रवक्ता सेवा लम्सालले बताए । भविष्यमा पनि मन्त्रालयले विदेशस्थित नेपाली नियोगहरू र नेपालको व्यापार, लगानी तथा पर्यटन व्यवसायसँग सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र÷व्यक्ति तथा अन्य सरोकारवालाहरूबीच विभिन्न चरणमा नियमित छलफल गराउने उनले बताए ।
परराष्ट्र सचिवको उपस्थितिमा भएको कार्यक्रममा विदेशस्थित नेपाली नियोग प्रमुखलगायत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि, व्यापार तथा निकासी प्रवद्र्धधन केन्द्रका प्रतिनिधि, तथा निर्यात व्यवसायी महासंघ र विभिन्न वस्तुगत महासङ्घका प्रतिनिधि र निर्यात व्यवसायीहरूको सहभागिता थियो ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया