आइतबार, माघ १३, २०८१

मन्त्रीपरिषद् विस्तार ढिलाईबारे प्रचण्डको प्रष्टोक्ति

‘माओवादीको कारण होइन, स्वंयम कांग्रेसकै कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाई भयो’

मेरोन्यूज २०७८ साउन ३० गते १३:१३


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादीका कारण नभई सत्ता गठवन्धनमा रहेका अन्य दलका कारण मन्त्रीपरिषद् विस्तार हुन ढिलाई भएको खुलाएका छन् ।

Advertisement

पार्टीको आज देखि जारी केन्द्रीय कमिटि बैठकलाई सम्वोधन गदै अध्यक्ष प्रचण्डले मन्त्रीपरिषद् विस्तारमा माओवादीका कारण ढिलाई नभएको प्रष्ट पारेका हुन् ।

काठमाडौंको वत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी वैठकलाई अहिले अध्यक्ष प्रचण्डले सम्बोधन गरिरहेका छन् ।
प्रचण्डले पछिल्लो पटक प्रधानमन्त्री शेरवहादुर देउवाले नै आफनो पार्टीको केन्द्रीय कमिटि बैठक सकेपछि मन्त्रीमण्डल विस्तार गरौला भनेपछि ढिलाई भएको बताएका हुन् ।

‘एमाले भित्रको अन्तरसंर्घषले एउटा स्वरुप लिएपछि विस्तार गर्नुपर्छ भन्ने शुरुमा आएको थियो । अहिले काग्रेसको केन्द्रीय कमिटिको वैठक अगाडी मन्त्रीमण्डल विस्तार नगरौं भन्ने भएकोले यो गठवन्धनको र गठबन्धन दलभित्रको अवस्थाको कारणले पनि मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको छ,’ प्रचण्डको भनाई उदधृत गदै बैठकमा सहभागी एक नेताले मेरोन्यूजसँग भने,–‘यधपी यो ढिलो हाम्रो कारणले भएको छैन । हाम्रो तर्फवाट हामी हिजै देखि तयार थियौं, आज मन्त्रीको नाम दिनुपरयो भन्नेकै दिन स्थायी समितिको बैठक वसेर टुग्याएर दिन सक्ने अवस्थामा हामी छौं ।’

प्रचण्डले माओवादीभित्र पनि म मन्त्री बन्न पाए हुन्थ्यो भन्न्े प्रतिस्पर्धा भएपनि त्यक्ति धेरै जटिल समस्या नरहेको बताए । उनले भने,–‘ हामीभित्र पनि म मन्त्री वन्न पाए हुन्थ्यो भन्ने प्रतिस्पर्धा त छ । महिले केही अगाडी एउटा कार्यक्रममा म भित्र आतंक छ भन्न्े ढंगले प्रतिकात्मक रुपमा बोलेको हो । तर त्यसलाई अर्काे अर्थमा वुझियो, त्यसो होइन, हामी प्रधानमन्त्रीले नाम मागेकै दिन स्थायी कमिटि बसेर दिन सकने अवस्थामा छौं ।’

उनले केपी ओली सवैतिर नाग्रिदै गएपछि उनले कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट एकता सवै भताभुंग पारेर ध्वत्मसांत्मक गतिविधिमा लागेको पनि टिप्पणी गरे । ‘उनी सवै तिर अल्पमत , साहै सानो अल्पमत, एकतिहाई पनि पुराउन नसक्ने भएपछि प्रधानमन्त्री र राष्ट्रपति पदको चरम दुरुपयोग गरेर निरंकुशता तिर धकेल्ने परिघटनातिर लैजान संसद विघटन गर्ने काम पुस ५ मा गरियो । त्यसैलाई निरन्तरता दिएर झन ध्वम्सात्मक ढंगले ओली जान खोजे, त्यसको परिणति उनी आज एक्लिएका छन्,’ प्रचण्डले भने ।

वैठकमा अहिले पनि अध्यक्ष प्रचण्डले आफनो सम्वोधन गरिरहेका छन् ।

यो पनि

प्रतिक्रिया