आइतबार, फागुन ३, २०८२

वामदेव कमरेडलाई जस्तो न रुन सकिने, न हाँस्न सकिने नहोस् : माधव नेपाल

मेरोन्यूज २०७८ साउन ३० गते १३:३०

काठमाडौँ । नेकपा एमालेका नेता माधव नेपालले आफू उपाध्यक्ष वामदेव गौतमले जस्तै अपमान सहेर नबस्ने बताएका छन् । उनले अपमानभन्दा पार्टीभित्र देखिएका गलत प्रवृत्तिविरुद्ध संघर्ष गर्ने बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

शनिबार काठमाडौँमा भएको ‘कम्युनिस्ट आन्दोलनमा अवसरवाद’ विषयक एक अन्तरक्रियामा बोल्दै नेता नेपालले गलत प्रवृत्तिविरुद्ध नझुक्ने बताएका हुन् । उनले दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावबाट जोगिँदै अघि बढ्नु पर्ने बताए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै नेता नेपालले अहंकार, व्यक्तिवाद र स्वार्थ हाबी भएकाले पार्टीभित्र समस्या देखिएको बताए । ‘अहंकार, व्यक्तिवाद, स्वार्थ हाबी भयो, विकृति विसंगति धेरै कुरामा देखा परे,’ उनले भने, ‘त्यस्तो प्रवृत्तिलाई सहयोग पुग्ने कुनै काम गरिँदैन, त्यसविरुद्ध जुधिन्छ, अपमान सहेर पार्टी एकता गर्न सकिँदैन ।’

उनले थपे, ‘वामदेव कमरेडजस्तो अपमानित भएर भाग्नुपर्ने अवस्था भयो भने घर न घाटको हुन्छ ? न रुन सकिने न हाँस्न सकिने ? त्यो अवस्थामा कोही पनि नपरून् ।’

उनले पार्टी एकता सफल नहुने भन्दै असहज बाटो रोज्नु पर्ने अवस्था आएका बताए ।

प्रतिक्रिया