माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी
मेरोन्यूज
२०७८ साउन ३१ गते ८:५७
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सुरु भएको छ । काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यादयमा जारी बैठकमा पछिल्लो समसायिक विषय र सरकारमा मन्त्री पठाउने विषयमा छलफल भइरहेको छ ।
कांग्रेस सभापति शेरबहादुरद देउवाको नेतृत्वमा गठवनधन सरकार बनेको एक महिना बढी भइसक्दा समेत पूर्णता पाउन सकेको छैन ।
गठवन्धनमा आवद्ध दलले मन्त्रीको नाम पठाउन नसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाई भएको हो । आकांक्षी धेरै हुँदा दलहरुलाई नाम पठाउन सकस भएको छ ।
यस्तै केन्द्रीय सदस्यको कार्यविभान लगायत विषयमा पनि छलफल हुने अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया