माओवादी बैठकमा समुहगत रिपोटिङ जारी
जिल्ला कमिटिलाई समन्वय समितिमा रुपान्तरण गर्न माओवादीभित्र धेरैको सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि जारी छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी वैठकमा अहिले प्रदेश गत रुपमा समहु नेताहरुले अध्यक्ष प्रचण्डले पार्टी बैठकमा प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन र विद्यान संसोधन प्रस्तावमाथी सुझाव राखिरहेका छन् ।
सुझाव राख्ने क्रममा अहिलेसम्म प्रदेश १ बाट राम कार्की, बाग्मति प्रदेशवाट नारायण दाहाल, गण्डकी प्रदेशवाट हितराज पाण्डे र लुम्विनी प्रदेशवाट ओनशरी घर्तीले रिपोटिङ राखिसकेका छन् । अव बाँकी ३ ओटा भौगोलिक प्रदेश र एउटा प्रवास प्रदेशवाट रिपोटिङ राख्ने क्रम वाकी रहेको सहभागी एक केन्द्रीय सदस्यले बताए ।
प्रदेश २ बाट रामचन्द्र झा, कर्णाली प्रदेशवाट मायाप्रसाद शर्मा र सुदुरपश्चिम प्रदेशवाट नेपवहादुर चौधरीले रिपोटिङ राख्नेछन् । त्यसपछि प्रवास विशेषवाट युवराज चौलागाईले समुहगत छलफलमा उठेका सुझावहरु बैठकमा राख्नेछन् ।
अहिले बोल्न सुझाव राख्ने टिम लिडरलाई १५ मिनेटभित्र आफनो सुझाव राख्न माओवादीले दिएको छ ।
जिल्ला कमिटिलाई समन्वय समितिमा रुपान्तरण गर्नपर्ने र प्रदेश कमिटिलाई कार्यकारी बनाउने गरी पार्टीको विद्यान संसोधन गर्ने सुझाव धेरैको छ ।










अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया