प्रहरी असई विरुद्ध १ करोड बढी भष्ट्राचारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेट्रोल पम्प घोटालामा प्रहरी सहायक निरीक्षक (असई) दिलिप कार्कीविरुद्ध १ करोड बढी भष्ट्राचारको मुद्दा दायर गरेको छ।
आइतबार अख्तियारले प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोलपम्प, नक्सालमा कार्यरत असई कार्कीविरुद्द विशेष अदालत काठमाडौँमा १ करोड बढी भष्ट्राचारको मुद्दा दायर गरेको हो।
असई कार्कीविरुद्द उनी पम्पमा कार्यरत रहँदा केही व्यक्तिले भुक्तानी गरेको रकमलाई गलत प्रविष्ट गरेर हुँदै नभएको कारोवारको आधारमा असूली देखाएर रकम हिनामिना गरेको उजुरीमाथि अनुसन्धान हुँदा उनी दोषी देखिएका थिए।
अख्तियारको अनुसन्धानका क्रममा कार्कीले बिक्री भएको तेलको वास्तविक रकम उल्लेख नगरी एक करोड ३ लाख ९७ हजार ९३७ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको थियो ।
कार्कीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्य भएकोले उनलाई सोही दफाको प्रावधानबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को खण्ड (झ) बमोजिमको सजाय माग गरिएको अख्तियारले जनाएको छ।










झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
स्वास्थ्य परीक्षणका लागि डा. निकोलसलाई लगियो वीर अस्पताल
इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ
खण्डहरजस्तो भएको मुद्रण केन्द्रको धुलो टकटक्याएर छपाइ सुरु गरेका छौँ : सञ्चारमन्त्री खरेल
औषधि र मेडिकल सामग्री खरिद गर्दा अनिवार्य बोलपत्र आह्वान गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
आज कात्तिक २० गते बिहिवार,कस्ताे रहला तपाइकाे दिन ?
आज रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै, एमालेमा फर्कने घोषणा
कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्कदै
प्रतिक्रिया