प्रहरी असई विरुद्ध १ करोड बढी भष्ट्राचारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेट्रोल पम्प घोटालामा प्रहरी सहायक निरीक्षक (असई) दिलिप कार्कीविरुद्ध १ करोड बढी भष्ट्राचारको मुद्दा दायर गरेको छ।
आइतबार अख्तियारले प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोलपम्प, नक्सालमा कार्यरत असई कार्कीविरुद्द विशेष अदालत काठमाडौँमा १ करोड बढी भष्ट्राचारको मुद्दा दायर गरेको हो।
असई कार्कीविरुद्द उनी पम्पमा कार्यरत रहँदा केही व्यक्तिले भुक्तानी गरेको रकमलाई गलत प्रविष्ट गरेर हुँदै नभएको कारोवारको आधारमा असूली देखाएर रकम हिनामिना गरेको उजुरीमाथि अनुसन्धान हुँदा उनी दोषी देखिएका थिए।
अख्तियारको अनुसन्धानका क्रममा कार्कीले बिक्री भएको तेलको वास्तविक रकम उल्लेख नगरी एक करोड ३ लाख ९७ हजार ९३७ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको थियो ।
कार्कीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्य भएकोले उनलाई सोही दफाको प्रावधानबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को खण्ड (झ) बमोजिमको सजाय माग गरिएको अख्तियारले जनाएको छ।
















चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
इन्डोनेसियाको कुरान घटनामा दुई महिला पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया