आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।
आज बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गरेकामा उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भयो ।
यस्तै, ‘सुदूरपश्चिम प्रदेश जीवनाषक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई पनि दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ । मन्त्री सार्कीले पेस गरेको उक्त प्रस्ताव पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
यस्तै, प्रदेशसभाअन्तर्गतका दुई विषयगत समितिमा रहेका सदस्यहरू हेरफेर गरिएको नामावलीसम्बन्धी प्रस्तावलाई पनि बैठकले स्वीकृत गरेको छ ।
सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेस गरेको उक्त प्रस्ताव बैठकले स्वीकृत गरेको हो । त्यसअनुसार प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई सार्वजनिक लेखा समितिबाट सामाजिक विकास समिति र खुशीराम डगौरालाई सामाजिक विकास समितिबाट सार्वजनिक लेखा समितिमा हेरफेर गरिएको छ ।
















यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्रा विनिमयदर
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया