आइतबार, माघ ६, २०८१

अफगानिस्तानका राष्ट्रपति घानीले देश छाडे

मेरोन्यूज २०७८ साउन ३१ गते २०:१३

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।

Advertisement

विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।

रोयटर्सका अनुसार गृहमन्त्रीले यस्तो जानकारी दिएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै तालिवानी प्रवक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आफूले वार्ता गरिरहेको बताएका छन् ।

उपराष्ट्रपति अमरुल्ला सलेहले पनि देश छाडेका छन् । दशदिनभित्रै तालिवानले प्रमुख सहर कब्जा गरेपछि राष्ट्रपति घानीलाई राजीनामा दिन तीव्र दबाब थियो ।

यो पनि : सत्ताच्युत भएको २० वर्षपछि फेरी सत्तामा

काबुलस्थित पत्रकार बसिर अहमद ग्वाखले राष्ट्रपति घानीले राजीनामा दिएको जनाएका छन् । उनका अनुसार राजीनामको सक्कली पत्र कतारस्थित तालिवानलाई पठाइएको छ । राष्ट्रपति घानीले देश छाडेको पुष्टि पनि पत्रकार ग्वाखले पहिलोपटक गरेका थिए ।

प्रतिक्रिया