शनिबार, माघ १२, २०८१

आजको राशिफल : श्रावण ३२ गते सोमबार

ज्यो. दिवाकर पन्त २०७८ साउन ३२ गते ६:२४

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको ३२ गते सोमबार, श्रावण शुक्लपक्षको अष्टमी तिथि । आज श्रावण महिनाको अन्तिम सोमबार । अब लागौं आजको राशिफलतर्फ ।

Advertisement

मेष
पेशागत जीवन सकारात्मक रहने छ । पेशाप्रति समर्पित रहन मन लाग्ने छ । आम्दानीमा पनि बृद्धि हुने छ । बोलीमा भने कडापना देखा पर्ने भएकाले संयमित रहनु होला । आफ्नो जीवनसाथिप्रति समर्पित रहेर कार्य व्यवहारहरु गर्न मन लाग्ने छ भने प्रेम भाव विस्तारित हुने छ ।

वृष
पेशागत जीवनमा सफलता मिल्ने छ भने लाभ पनि प्राप्त हुने छ । मनमा दुविधाका क्रमहरु ह्वात्तै बढ्न पुग्दा निर्णय क्षमतामा असर पार्ने छ । बोलीको प्रभावमा भन्े बृद्धि हुन जाने छ । रिस अत्यन्त कडा प्रकृतिको हुने भएकाले संयमित रहनु होला ।

मिथुन
भाग्यको साथ नभएका कारण पेशागत क्षेत्रमा धैर्य हुँदै अघि बढ्दा उपयुक्त हुने छ । धन सम्पत्ति शिक्षा वा क्षमता अभिबृद्धिमा लगाउन मन लाग्ने छ । बोली प्रभावकारी हुने छ । व्यवस्थापकीय क्षमतामा बृद्धि हुने छ भने बाठो प्रकृतिको व्यक्तित्व हुने छ ।

कर्कट
पेशागत जीवनमा समस्याहरु देखा पर्न जाने हुँदा संयमित रहनु होला । सुख सुविधाका साधन वा पदार्थहरुको प्रयोग गर्न मन लाग्ने छ तर दुविधात्मक शैलीको व्यक्तित्व हुन जाने छ । मनोबलमा कमि देखा पर्ने छ । परिवारको साथले अप्ठ्यारो परिस्थितिलाई व्यवस्थापन गर्न सहयोग मिल्ने छ ।

सिंह
पेशागत जीवनमा धैर्यता साथ कदमहरु चाल्नु पर्ने वा निर्णय लिनु पर्ने समय रहेको छ । आम्दानीको हकमा भने केही बृद्धि हुन जाने छ भने आम्दानीका विषयमा बोली प्रभावकारी बन्न पुग्ने छ । यात्रारत हुने अवस्था छ । मनोबलमा गिरावट आउँदा कार्य सम्पन्नतामा समस्या ल्याउने छ ।

कन्या
पेशागत जीवन स्थिर रहने छ । परिवारप्रति केन्द्रीत रहने व्यक्तित्व बन्ने छ । व्यवस्थापकीय दक्षतामा बृद्धि हुने छ । आफ्ना सपना तथा आम्दानी परिवारप्रति समर्पित गराउन मन लाग्ने छ । बोलीमा लचकता र शितलता देखा पर्ने छ । आम्दानीमा बृद्धि हुने ।

तुला
आम्दानीमा केही बृद्धि हुन पुगेता पनि पेशागत जीवनमा अस्थिरता उत्पन्न हुन पुग्ने छ । बोलीमा भने अलि कटु प्रकृतिको भाव बृद्धि हुने हुँदा ध्यान दिनु होला । भाग्यको साथ रहेकाले प्रतिकुल परिस्थितिमा पनि अवस्था सन्तुलित रहन ठुलो मद्धत प्राप्त हुने छ ।

वृश्चिक
पेशागत जीवनमा स्थिरता आउने छ भने आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । विदेश यात्रातर्फ सोचहरु आउने छन् । मनमा उदासिनताको मात्रा बढ्न जाने छ । नकारात्मक विचार र धारणालाई नियन्त्रित गर्न प्रयास गर्नु होला । बोलीको प्रभावकारितामा भने कमि आउने हुँदा त्यसबारेमा ध्यान दिनु होला ।

धनु
पेशागत जीवनमा उतार–चढाव देखिने भएकाले संयमित भई कदमहरु चाल्नु होला । धेरै जोखिम भन्दा भए गरेका कामहरुलाई निरन्तरता नै उपयुक्त हुने देखिन्छ । आम्दानी तथा सपनाका विषयमा सन्तोषजनक प्रगति हुने छैन् । प्रतिष्पर्धात्मक क्षमतामा भने बृद्धि हुने छ ।

मकर
जीवनसाथिको साथ र सहयोगले पेशागत जीवनमा ठुलो भुमिका खेल्ने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द चर्किने छ । दृढ खालको व्यक्तित्व हुने भएता पनि कतिपय अवस्थामा आवश्यकता भन्दा बढि कडा खालको व्यक्तित्व बन्ने भएकाले अन्य व्यक्तिहरुले घमण्डि खालको व्यक्ति ठान्ने भएकाले त्यसबारे ध्यान दिनु होला ।

कुम्भ
प्रतिष्पर्धीहरुको अभिव्यक्ति तथा भनाईबाट मनमा खिन्नता आउने छ । यसले पेशागत जीवनमा पनि असर पर्ने देखिएकाले अरुको कुरा भन्दा पनि आफ्नो भित्रि मनमा लागेका कुराहरु गर्दा पेशागत क्षेत्रमा मद्धत पुग्ने छ । ज्ञान भाव र बुझाईको मात्रा फराकिलो बन्ने छ ।

मीन
पेशागत जीवनमा समस्याहरु देखा पर्ने भएकाले सतर्कतासहित निर्णयहरु लिनु होला । भाग्यको साथ नरहेकाले धेरै जोखिमका कार्यहरु लिँदा निकै सतर्क रहनु पर्ने देखिन्छ । मनमा खिन्नता र उदासिनताको मात्रा बढ्न पुग्ने छ । आम्दानीमा भने हल्का बृद्धि देखा पर्ने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया