तालिवानले सत्ता कब्जा गरेसँगै अमेरिकी सैनिकको गोली प्रहारबाट अफगानी नागरिकको मृत्यु

काठमाडौँ । तालिवानको कब्जामा सत्ता पुगेसँगै अफगानिस्तानको काबुल एयरपोर्टमा भीड बढेको छ । देश छाडेर जाने नागरिकहरू एयरपोर्टमा पुगेसँगै भीड बढेको हो ।
अहिले उक्त एयरपोर्ट अमेरिकी सेनाले नियन्त्रणमा लिएको छ । समाचारमा जनाइएअनुसार एयरपोर्टमा भीड नियन्त्रण गर्न गोली प्रहार भएको छ । उक्त गोली प्रहारमा परी केही अफगानी नागरिकको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।
अफगानिस्तानमा आफूले कब्जा गरे पनि तालिवानले देशका सबै नागरिकलाई जन धनको सुरक्षा दिने बचन दिँदै आएका छन् । एयरपोर्टमा देश छाड्नेको भीड बढेसँगै अमेरिकी सेनाले गोली प्रहार गरेको हो ।
गोली प्रहार भएसँगै एयरपोर्टमा भाग दौड भएको छ । उता समाचारअनुसार एयरपोर्टमा तालिवानले गोली प्रहार गरेसँगै अमेरिकी सैनिकले गोली प्रहार गरेको जनाइएको छ ।
तालिवाले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै राष्ट्रपति, उपराष्ट्रपतिलगायत उच्च अधिकारीले देश छाडेर गइसकेका छन् ।
एयरपोर्टमा सर्वसाधरणको भिड बढेसँगै उक्त क्षेत्र बसपार्क जस्तो भएको छ । एजेन्सी

















यामाहाको ब्लु कोड नयाँ वर्ष योजनामा ५ लाख जित्नेको नाम घोषणा
एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य: सञ्चारमन्त्री तिमिल्सिना
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
प्रतिक्रिया