सकियो बालुवाटारमा आकस्मिक मन्त्रीपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले बोलाएको आकस्मिक मन्त्रिपरिषद्को बैठक सकिएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
दल विभाजनसँग सम्बन्धि अध्यादेशको तयारीमा जुटेको सरकारले त्यसै विषयमा निर्णय लिएको बताईएको छ । बैठक सकेर मन्त्रीहरु अहिले आ – आफना मन्त्रालयमा समेत पुगिसकेका छन् । तर यस बारेमा कुनै पनि मन्त्रीहरुले मुख खोलेका छैनन ।
तर सरकारले नयाँ दल खोल्न केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा एक चौथाइ अर्थात् २५ प्रतिशत सदस्य भए पुग्ने व्यवस्था सहितको अध्यादेशको निर्णय लिएको बताईएको छ।
आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी र एमालेका नेपालसहितको शीर्ष नेताहरूको बैठकले मस्यौदा तयार पारेको र नेता नेपालले पनि सरकारमा सहभागी हुने समेत जानकारी दिएपछि सरकार संसद अधिवेशन अन्त्य गरेर अध्यादेशको तयारीमा लागेको थियो ।
बिहान मन्त्रिपरिषद्को बैठक अगाडी महन्थ ठाकुर, राजेन्द्र महतो र शरदसिंह् भण्डारी पनि बालुवाटार पुगेका थिए ।
एमालेभित्रको घर झगडा विभाजनको तहमा पुगेपछि सरकारले अध्यादेशको तयारी गरेको हो । त्यसैका लागि सोमबार संसदको जारी अधिवेशन अन्त्यको निर्णय सरकारले गरिसकेको छ ।















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया