एमालेबाट केही व्यक्तिहरू बाहिरिनु हुन्छ : प्रवक्ता ज्ञवाली
मेरोन्यूज
२०७८ भदौ १ गते १३:२८
काठमाडौँ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीबाट केही व्यक्तिहरू बाहिरिने बताएका छन् । पार्टीको स्थायी कमिटी बैठकपछि पत्रकारसँग बोल्दै उनले यस्तो बताएका हुन् ।
मंगबार दिउँसो तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको बैठकपछि पत्रकारको प्रश्नमा उनले एमालेबाट केही व्यक्तिहरू बाहिरिने बताएका हुन् । उनले भने, ‘पार्टीभित्रका केही व्यक्तिहरू बाहिरिन सक्नुहुन्छ, यसमा २० वा १५ प्रतिशत हुन सक्छ, पार्टीमा आएर सकारात्मक काम गर्ने साथीहरू आउन सक्नु हुन्छ ।’
बैठकले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य र अफगानिस्तानमा भएको हिंसाबाट चाँडोभन्दा चाँडो नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउन सरकारसँग माग गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया