बामदेवको साथ माधव नेपाललाई !

काठमाडौं । एमाले विभाजन हुने गरी सरकारले मन्त्रीपरिषद् बैठकबाट दल विभाजन सम्वन्धी अध्यादेश पारित गरिसकेको छ । तर सरकारका मन्त्रीहरुले यसलाई गुपचुप राखेका छन् । केही वताउन चाहिरहेका छैनन ।
वरु विभाजित हुन लागेको दल एमालेको स्थायी समिति बैठक पछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने २० प्रतिशत संसद या पार्टी जता पुगेपनि पार्टी फुटाउन मिल्ने गरी मनत्रीपरिषद्ले निर्णय गरिसकेको जानकारी आफुहरुलाई प्राप्त भएको जानकारी सञ्चारकर्मीहरुलाई दिएका थिए ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवासमा एमालेको माधव नेपाल पक्ष, माओवादी केन्द्र र काग्रेसका शीर्ष नेताहरुको छलफल पछि अध्यादेश ल्याउने तयारी भएको थियो । लगत्तै सोमबार मध्यरातबाटै संसदको अधिवेशन अन्त्य गर्ने गरी सरकारले निर्णय लियो ।
लगत्तै ओलीले मध्यरातमा पार्टी एकताको अपिल गरे । कार्यदलले बनाएको १० वुँदे प्रस्तावमा आफनो समर्थन रहेको भन्दै स्वामित्व ग्रह्णको कुरा गरे । विहानै स्थायी कमिटि बैठक सके । अहिले दिउँसो ३ वजे संसदीय दलको बैठक बोलाएका छन् । ओलीतिर तात्तिएको यो राजनीतिक सरगर्मी र नेपाल पक्षको पनि आन्तरिक तयारी र तिव्र भेटघाटले अव एमाले संग्लो रहेन भन्ने देखिएको छ ।
नेपालले पनि आन्तरिक भेटघाटलाइृ तिव्र बनाएका छन् । भीम रावललाई यही वेला कबिता फुरेको छ । वामदेव गौतम यस अगाडी ओलीको स्थायी कमिटिमा गएपनि आजको बैठकमा सहभागी भएका छैनन ।
यसले गर्दा नेताहरु तानातान र कित्ता काँट शुरु भएको चर्चा एमालेभित्र हुन थालेको छ ।
जति कोसिस गर्दा पनि एकता जोगाउन नसकिएको निश्कर्षपछि अव एमालेको दुवै पक्ष आ आफनो उदेश्य अनुसार पार्टी जोगाउने र फुटाउने रस्साकस्सीमा छन् । यही वेला अव माधव नेपाललाई बामदेव गौतमले साथ दिन खोजेको चर्चा पनि चलेको छ ।
ओलीले मंगलवार बोलाएको स्थायी कमिटिमा बामदेव गौतम नपुग्नु र गौतम पत्नी सांसद तुलसा थापा माधव नेपाल निकटको सांसदहरुको छलफलमा सहभागी हुनुले बामदेवको साथ माधव नेपाललाइ हुन लागेको चर्चा शुरु भएको छ ।
बामदेव पत्नी तुलसा र जीवराज आश्रितकी श्रीमति माया ज्ञवाली माधव नेपाल समुहको सांसदहरुको छलफलमा सहभागी भएको नेपाल निकटका एक नेताले बताए । नेपाल निकटका नेताहरुको होटल अर्याल, सिंहदरवार मा समुह समुहमा छलफल जारी छ ।
ज्ञवाली र थापा होटल अर्यालमा नेपालसमुहका सांसदहरुको छलफलमा सहभागी भएको स्रोतको भनाई छ ।
नेपाल समुहसँग देउवालाई विश्वासको मत दिएका २२ सांसद र अहिले थप दुइृ जना थापा र ज्ञवाली थपिदा २४ सांसद पुगेको बताइन्छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया