जसपा केन्द्रीय कार्य समितिको प्रथम बैठक सुरु

काठमाण्डौ । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्य समितिको प्रथम बैठक सुरु भएको छ । मंगलबार काठमाण्डौको कालिकास्थानमा दुई दिनका लागि बैठक आह्वान गरिएको छ ।
पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि केन्द्रीय कमिटी बैठक बसेको हो । बैठकमा झन्डै ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरु सहभागी रहेको जनाइएको छ ।
मंगलबारको बैठकमा देशको वर्तमान राजनीति र पार्टीको कार्यदिशाबारे, पार्टी संगठन सृदृढीकरण तथा जनजागरण अभियान र अभिमुखिकरणबारे छलफल गरिने छ । यस्तै बैठकमा प्रदेश, राष्ट्रिय समितिहरु, जनवर्गीय तथा भातृ संगनका इन्चार्च वा प्रतिनिधिले आफ्नो धारणा राख्ने छन् ।
बुधबार बस्ने बैठकमा प्रदेश स्तरिय अभिमुखिकरण, विभिन्न प्रस्ताव पारित गर्ने, सरकारमा सहभागीताबारेमा छलफल हुने जसपाले जनाएको छ । यस्तै बैठकमा पार्टी संगठन सृदृढीकरण तथा जनजागरण अभियान र अभिमुखिकरणबार सम्बन्धि कार्यक्रमहरुको परिचालन लगाएतका काम गर्न सात सदस्य समिति गठन गर्ने जसपाले बताएको छ ।

















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया