जसपा केन्द्रीय कार्य समितिको प्रथम बैठक सुरु
काठमाण्डौ । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्य समितिको प्रथम बैठक सुरु भएको छ । मंगलबार काठमाण्डौको कालिकास्थानमा दुई दिनका लागि बैठक आह्वान गरिएको छ ।
पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि केन्द्रीय कमिटी बैठक बसेको हो । बैठकमा झन्डै ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरु सहभागी रहेको जनाइएको छ ।
मंगलबारको बैठकमा देशको वर्तमान राजनीति र पार्टीको कार्यदिशाबारे, पार्टी संगठन सृदृढीकरण तथा जनजागरण अभियान र अभिमुखिकरणबारे छलफल गरिने छ । यस्तै बैठकमा प्रदेश, राष्ट्रिय समितिहरु, जनवर्गीय तथा भातृ संगनका इन्चार्च वा प्रतिनिधिले आफ्नो धारणा राख्ने छन् ।
बुधबार बस्ने बैठकमा प्रदेश स्तरिय अभिमुखिकरण, विभिन्न प्रस्ताव पारित गर्ने, सरकारमा सहभागीताबारेमा छलफल हुने जसपाले जनाएको छ । यस्तै बैठकमा पार्टी संगठन सृदृढीकरण तथा जनजागरण अभियान र अभिमुखिकरणबार सम्बन्धि कार्यक्रमहरुको परिचालन लगाएतका काम गर्न सात सदस्य समिति गठन गर्ने जसपाले बताएको छ ।
प्रतिक्रिया