पूर्व प्रदेश प्रमुखले पाउने सेवा सुविधा नलिने डा. अहिराजको घोषणा

काठमाडौं । प्रदेश नम्बर २ का निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले पूर्व प्रदेश प्रमुखले पाउने कुनै सेवा सुविधा नलिने बताएका छन् । प्रदश प्रमुखबाट पद मुक्त भएपछि अहिराजले पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणा गरेका हुन् ।
उनले सरकारबाट प्राप्त गरेका निजी सुरक्षाकर्मी पनि फिर्ता पठाउने घोषणा गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले २०७७ फागुन ७ गते प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई पद मुक्त गरेको थियो ।
उनले यो बीचमा आफूले संविधान प्रदत्त व्यवस्था लागू गर्ने गराउने अवसर पाएँको बताए । उनले यो बीचमा प्रदेश–२ का आठवटै जिल्लाको अवलोकन, भ्रमण र जनताको बीचमा गई प्रदेश प्रमुखको भूमिकामा अवस्था र व्यवस्था बुझ्नेका थिए । उनले आफ्रनो निजी सचिवालय राखेका थिएनन् । सोमबार प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त भएका हरिशंकर मिश्रलाई शुभकामना दिएका छन् ।










कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै
ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ
एमालेकाे स्वयंसेवक फोर्सले संकट र विपत्तिमा सघाउँछः अध्यक्ष ओली
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया