पूर्व प्रदेश प्रमुखले पाउने सेवा सुविधा नलिने डा. अहिराजको घोषणा

काठमाडौं । प्रदेश नम्बर २ का निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले पूर्व प्रदेश प्रमुखले पाउने कुनै सेवा सुविधा नलिने बताएका छन् । प्रदश प्रमुखबाट पद मुक्त भएपछि अहिराजले पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणा गरेका हुन् ।
उनले सरकारबाट प्राप्त गरेका निजी सुरक्षाकर्मी पनि फिर्ता पठाउने घोषणा गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले २०७७ फागुन ७ गते प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई पद मुक्त गरेको थियो ।
उनले यो बीचमा आफूले संविधान प्रदत्त व्यवस्था लागू गर्ने गराउने अवसर पाएँको बताए । उनले यो बीचमा प्रदेश–२ का आठवटै जिल्लाको अवलोकन, भ्रमण र जनताको बीचमा गई प्रदेश प्रमुखको भूमिकामा अवस्था र व्यवस्था बुझ्नेका थिए । उनले आफ्रनो निजी सचिवालय राखेका थिएनन् । सोमबार प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त भएका हरिशंकर मिश्रलाई शुभकामना दिएका छन् ।

















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया