तालिवान लडाकुको मस्ती : जिम खानादेखि बच्चा खेल्ने पार्कसम्म

काठमाडौँ । अफगानिस्तानको सत्ता पूर्ण रूपमा तालिवानले कब्जा गरिसकेको छ । सत्ता कब्जा गरेसँगै तालिवानले देशभर मुस्लिम धर्मको शरिया कानुन लागु गरेको छ ।
अफगानिस्तानको राजधानी काबुल तालिवानको कब्जा जानुअघि नै राष्ट्रपति अशरफ घानी, उपराष्ट्रपतिसहित सेनाहरूले सहर छाडेर गएका थिए । उनीहरूले आफ्नो हतियारसमेत छाडेर गएका छन् । यससँगै तालिवानका लडाकुहरूले शहरमा मस्ती गरिरहेको भिडिओहरू बाहिर आएका छन् ।
तालिवानका लडाकुहरूले जिम खानादेखि बच्चाहरूलाई खेल्न बनाइएको पार्कहरूमा खेलिरहेको भिडिओ सार्वजनिक भएको हो ।
जिम खानामा तालिवान
राजधानी काबुल पुगेका तालिवानका लडाकुहरू मस्तीमा रहेका छन् । उनीहरूले जे आफ्नो अगाडि आएका छन् ती साधनमा मस्ती गरेको देखिन्छ ।
The Presidential Palace, including its gymnasium, in #Kabul has new tenants. #Afghanistanpic.twitter.com/vl50ojoRQD— Steve Hanke (@steve_hanke) August 17, 2021
उनीहरू जिम खानामा पुगेर कसरत गरिरहेका देखिन्छन् । पूरै जिम खाना खाली हुँदा उनीहरू मात्रै कसरत गरिरहेका हुन् । केही जिम गरिरहेका छन् भने केही भिडियो बनाउँदै गरेको सामाजिक सञ्जालमा देखिएको छ ।
बच्चा खेल्ने पार्कमा मस्ती
तालिवानका लडाकुहरूले बच्चा खेल्ने पार्कमा पसेर मस्ती गरेका छन् । उनीहरू बच्चा खेल्ने खेलौनामा खेलिरहँदा त्यहाँ उपस्थित भएका अन्य हेरेर बसेका थिए ।

बच्चा खेल्ने खेलौना कारमा तालिवानका लडाकुहरू सवार भई मस्ती गरिरहेको भिडियो भाइरल भएको छ । एजेन्सी

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया