कांग्रेस नेता भण्डारीले गरे सिन्धुपाल्चोकलाई १ लाख नगदसहित स्वास्थ सामाग्री सहयोग
मेरोन्यूज
२०७८ भदौ १ गते १७:११

काठमाडौ । नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले बाढी प्रभावित सिन्धुपाल्चोकका लागि १ लाख नगदसहित स्वास्थ सामाग्री सहयोग गरेका छन् । उनले सो सामाग्री सिन्धुपाल्चोक कांग्रेसका जिल्ला सभापति विकास लामालाई हस्तान्तरण गरेका हुन् ।
कोरोना महामारीको संक्रमणदर फेरि बढिरहेका बेला उनले पीपीई सेटर, ज्वरो परिक्षण गर्ने मेसिन, मास्क, ग्लोब्स,फेस सिल्डलगायतका स्वास्थ समाग्री सिन्धुपाल्चोक पठाएका छन् ।
त्यस्तै, असार १ गते आएको बाढीका कारण प्रभावितका लागि नगद एक लाख रूपैयाँ पनि भण्डारीले सहयोग गरेका छन् ।
सो स्वास्थ सामाग्री र आर्थीक सहयोग छिटै सम्बन्धित क्षेत्रमा पुर्याउने भन्दै कांग्रेस सभापति लामाले सहयोगका लागि भण्डारीलाई धन्यवाद व्यक्त गरेका छन् । भण्डारीले यसअघि पनि विभिन्न जिल्लामा स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।
सम्बन्धित










‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
यस्तो छ आजको मौसम पूर्वानुमान
उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया