मंगलबार, चैत १७, २०८२

अध्यादेश ल्याएर संविधानलाई धरासायी बनाउने षड्यन्त्र भयो : भट्टराई

मेरोन्यूज २०७८ भदौ १ गते १७:५७


काठमाडौं । नेकपा एमालेका सचिव योगश भट्टराईले राजनीति दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु संविधानलाई धरासायी पार्ने शुनियोजित षड्यन्त्र भएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले सामाजिक सञ्जालमा लेख्दै राजनीति दल विभाजन सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर व्यवस्था र संविधानलाई धरासायी पार्ने शुनियोजित षड्यन्त्र भएको बताए ।

उनले लेखेका छन्, ‘यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ । बिगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालिन नेत्रित्वको घोर असफलता हो । आजका दिनमा प्रम शेर ब। देउवाले यो अध्यादेश बिनासर्त फिर्ता लिनु पर्दछ । कमरेड केपी ओली र कमरेड, माधव नेपालले मुलुक र भावि पुस्ताको भविस्यलाई संझेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नु पर्दछ ।’

उनले आमाको दुस्खत निधनको शोकमा बसिरहेको बेलामा कुनै राजनीतिक टिप्पणी गर्ने ईच्छा नहुँदा पनि आजको संगिन दिनमा यत्ति टिप्पणी गरेको भन्दै अन्यथा नलिन आग्रह गरेका छन् ।

प्रतिक्रिया