नयाँ पार्टी गठन गर्ने एमाले नेता नेपालको घोषणा
‘हामीले नयाँ पार्टी खोलिहाल्यौंं भने एकताको ढोका खुल्ला हुनेछ, तीन महिना एक वर्षपछि भेट पनि हुन सक्छ ।’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्नुपर्ने बताएका छन् । मंगलबार आफू निकट जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण एकताको सम्भावना सकिएको बताए । उनले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताको सम्भावना सकिएको बताए ।
‘हामीले फेरि नयाँ पार्टी खोलिहाल्यौंं भने एकताको ढोका खुल्ला हुनेछ,’ नेता नेपालले भने, ‘तीन महिना एक वर्षपछि भेट पनि हुन सक्छ ।’
उनले भने, ‘अब नयाँ पार्टी गठन गर्नुपर्ने अवस्था आएको छ । केपी शर्मा ओलीका कारण पार्टी एकता हुन सकेन । म लगाएत १४ सांसदलाई निष्कासनको पत्र संसद सचिवालएमा पठाइ सकेको छ । योसँगै पार्टी एकताको सम्भावना पनि सकिएको छ ।’ उनले अहिले दल दर्ता गरे पनि तत्कालै अरु पार्टीसँग एकीकरण नगर्ने बताए ।
उनले भने, ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।अहिले पार्टी विभाजन भए पनि एकताको ढोका खुल्ला रहने छ । अन्य कम्युनिस्ट पार्टीहरुसँग पनि सहकार्य हुन्छ ।’ उनले कार्यकर्ताहरुलाई उत्साहका साथ मैदानमा खटिन आग्रह गरेका छन् ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया