नयाँ पार्टी गठन गर्ने एमाले नेता नेपालको घोषणा
‘हामीले नयाँ पार्टी खोलिहाल्यौंं भने एकताको ढोका खुल्ला हुनेछ, तीन महिना एक वर्षपछि भेट पनि हुन सक्छ ।’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्नुपर्ने बताएका छन् । मंगलबार आफू निकट जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण एकताको सम्भावना सकिएको बताए । उनले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताको सम्भावना सकिएको बताए ।
‘हामीले फेरि नयाँ पार्टी खोलिहाल्यौंं भने एकताको ढोका खुल्ला हुनेछ,’ नेता नेपालले भने, ‘तीन महिना एक वर्षपछि भेट पनि हुन सक्छ ।’
उनले भने, ‘अब नयाँ पार्टी गठन गर्नुपर्ने अवस्था आएको छ । केपी शर्मा ओलीका कारण पार्टी एकता हुन सकेन । म लगाएत १४ सांसदलाई निष्कासनको पत्र संसद सचिवालएमा पठाइ सकेको छ । योसँगै पार्टी एकताको सम्भावना पनि सकिएको छ ।’ उनले अहिले दल दर्ता गरे पनि तत्कालै अरु पार्टीसँग एकीकरण नगर्ने बताए ।
उनले भने, ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।अहिले पार्टी विभाजन भए पनि एकताको ढोका खुल्ला रहने छ । अन्य कम्युनिस्ट पार्टीहरुसँग पनि सहकार्य हुन्छ ।’ उनले कार्यकर्ताहरुलाई उत्साहका साथ मैदानमा खटिन आग्रह गरेका छन् ।










मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
अफगानिस्तानमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ घाइते
सुहाङलाई प्रधानमन्त्रीले भनिन्- तपाईँजस्ता युवाले देशको बागडोर सम्हाल्नुपर्छ
मधेस प्रदेशको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया