निर्वाचन आयोगबाट फर्किए नेपाल पक्षका नेताहरु
मेरोन्यूज
२०७८ भदौ २ गते १५:२०

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु निर्वाचन आयोगबाट फर्किएका छन् । बुधबार एमालेका नेताहरु राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री आयोगको कार्यालयमा गएका थिए ।
सरकारले दल विभाजन सम्बन्धि अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि उनीहरु आयोगमा छलफलका लागि गएका थिए । एमाले नेपाल पक्षले नयाँ पार्टी गठन गर्न लागेको छ । नेपाल पक्षले गठन गर्ने नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला किताब राख्ने बताइएको छ ।
सरकारले एमाले र जनता समाजवादी पार्टी (जसपा)लाई विभाजन गर्न दलको केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यको समर्थन भएमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको बताइएको छ ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया