सरकारले एक महिनमा १ खर्बभन्दा बढी राजस्व संकलन गर्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिना (साउन)मा मात्र सरकारले १ खर्ब ५ अर्ब ९३ करोड १६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
कोभिड–१९ महामारीका कारण अस्तव्यस्त भएको आर्थिक क्षेत्र सुधारतर्फ लागेकाले राजस्व संकलनमा हरियो संकेत देखिएको हो ।
साउन मसान्तसम्ममा राजस्व असुली वार्षिक लक्ष्यको ८.७२ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
महालेखाको तथ्यांकअनुसार कर राजस्वतर्फ ७६ अर्ब १८ करोड ८० लाख र गैर कर राजस्वतर्फ १७ अर्ब ७ करोड ३२ लाख रुपैयाँ बराबर संकलन भएको छ । त्यस्तै, अन्य प्राप्तिबाट सरकारको खातामा १२ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबर जम्मा भएको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा आन्तरिक राजस्व विभागको राजस्व संकलन ३४ अर्ब २३ करोड ९५ लाख रुपैयाँ बराबरको राखेकोमा लक्ष्यभन्दा ४ अर्ब बढी अर्थात ३८ अर्ब २ करोड ९८ लाख रुपैयाँ बराबर छ ।
यो मासिक लक्ष्यको १ सय ११ दशमलब ७ प्रतिशत बराबर हो । यो अवधिमा आयकर, मूल्य अभिवृद्धि र अन्तःशुल्क तीनवटै शीर्षकमा लक्ष्यभन्दा बढी कर उठेको छ ।
विभागले साउन महिनामा ११ अर्ब ३१ करोड ११ लाख रुपैयाँ बराबर आयकर असुली गर्ने लक्ष्य राखेकोमा १४ अर्ब ४७ करोड ७५ लाख अर्थात् १ सय २८ प्रतिशत आयकर संकलन भएको जनाएको छ ।
मूल्य अभिवृद्धिकरतर्फ १० अर्ब ५८ करोड ४९ लाख रुपैयाँ बराबरको लक्ष्य राखेकोमा ११ अर्ब ५५ करोड १६ लाख अर्थात १ सय ९ दशमलब १३ प्रतिशत र अन्तःशुल्कतर्फ ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबर असुली लक्ष्य राखिएकोमा ६ अर्ब ३६ करोड २ लाख अर्थात १ सय १२ दशमलब १९ प्रतिशत कर असुली भएको छ ।
चालु आर्थिक वर्षको पहिलो १ महिनामा १ खर्ब बढी राजस्व संकलन गरेको सरकारको बजेट खर्च १० अर्ब ४९ करोड २५ लाख रुपैयाँ रहेको महालेखाले जनाएको छ ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया