नेपालमा गरिबीको संख्या घट्यो

काठमाडौं । नेपालमा गरिबीको संख्यामा कमी आएको । राष्ट्रिय योजना आयोगका अनुसार सन् २०१९ मा गरिबीको संख्या घटेको हो । सन् २०१९ मा बहुआयामिक गरिबीको रेखामुनी रहेको जनसंख्या १७.४ प्रतिशतमा झरेको आयोगले जनाएको छ ।
आयोगले बुधबार सार्वजनिक गरेको बहुआयामिक गरिबी सूचक प्रतिवेदन २०१९ (मल्टिडाइमेनसनल पोभर्टी इन्डेक्स २०१९)का अनुसार अब नेपालमा १७.४ प्रतिशत मानिस गरिबीको रेखामुनी रहेका छन् ।
बहुआयामिक गरिबी एक वर्षमा ११% ले घटेर १७.४ प्रतिशतमा पुगेको हो । सन् २०१८ मा २८.६ प्रतिशत मानिस बहुआयामिक गरिबीको रेखामुनी रहेका थिए ।
आयोगको प्रतिवेदनअनुसार ग्रामीण भेगका २८ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनी छन् । यस्तै सहरी क्षेत्रमा १२.३ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनी छन् ।
आयोगको प्रतिवेदन अनुसार गरिबीको दर सबैभन्दा धेरै कर्णाली प्रदेशमा देखिएको छ । कर्णाली प्रदेशका ३९.५ प्रतिशत मानिस गरिबीको रेखामुनी रहेका छन् । दोस्रोमा सुदूरपश्चिम प्रदेश रहेको छ । त्यहाँको २५.५ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनी देखिएको छ ।
१५औं पञ्चवर्षिय आवधिक योजनाले आर्थिक वर्ष २०८०/८१ सम्ममा बहुआयामिक गरिबी ११.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको योजना आयोगले जनाएको छ ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया