सञ्चार उद्यमी शेरचनको कोरोना संक्रमणबाट निधन
मेरोन्यूज
२०७८ भदौ ३ गते १०:०५

काठमाडौं । सञ्चार उद्यमी एवं व्यवसायी महेन्द्र शेरचनको कोरोना संक्रमणबाट ६७ वर्षको उमेरमा निधन भएको छ । उनलाई दुई हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।
राजधानी न्युज पब्लिकेशनका अध्यक्ष शेरचनको उपचारको क्रममा बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो ।
नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्वअध्यक्ष एवं मिडिया अलाइन्सको उपाध्यक्ष रहेका शेरचन संविधानसभा सदस्यसमेत भएका थिए ।
बैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुन् ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया